२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

कृषि विकास बैंक लिमिटेडद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न


६ माघ २०८१, आइतबार  



कृषि विकास बैंक लिमिटेडले आफ्नो ५८ औं वार्षिक उत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरताको लागि जनचेतना पुर्याउने उद्देश्यकासाथ कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं–वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र ब्यानर सहित सहभागी कर्मचारीहरु मुख्य कार्यालय रामशाहपथ देखि सुनधारा– रत्नपार्क– भद्रकाली हुँदै पूनः रामशाहपथ स्थित मुख्य कार्यालय आई कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धकहरु सहित करीब २०० जनाले सहभागिता जनाएका थिए ।

वार्षिकोत्सवको अवसरमा बैंकले एडिबिएल कर्पोरेट फुटसल टुर्नामेन्ट २०८१ समेत २०८१ माघ ५ गते नै सम्पन्न हुने गरी रोयल नेपाल फुटसल एकेडेमी पेप्सी भक्तपुरमा संचालन गरेको थियो । विभिन्न बैंक, बीमा, कोष, एअरलाइन्स, होटेल, इन्टरनेट सेवा प्रादयक कम्पनी लगायत कर्पोरेट हावसहरुको खेलाडी सहभागी रहेको थियो ।


बैंकले मिति २०२४ साल माघ ७ गते स्थापना दिवसको स्मरणार्थ गरेको विभिन्न कार्यक्रमहरु मध्ये अन्तिम कार्यक्रम मिति २०८१ माघ ७ गते मुख्य कार्यालयमा विशिष्ट अतिथिहरुको उपस्थितिमा सम्पन्न गर्ने जनाएको छ ।आज भन्दा ५७ वर्ष पहिले कृषि विकास बैकको रुपमा स्थापना भएको थियो। यही स्थापना वर्षको स्मरण गर्दै बैकले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गर्दछ। भोलि अर्थात माघ ७ गते सोमबार बैंकको ५८ औ स्थापना दिवस हो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : २२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित