नेपालमा पछिल्लो समय पर्यटकीय स्तर भएका हाेटलहरू खुलेका छन् । हान अनुसार ती हाेटलले ३५ लाख पर्यटक स्तरीय बास दिन सक्छन् । तर, विदेशी पर्यटक आगमनकाे अवस्था भने निकै सुस्त छ।
नेपालमा विदेशी पर्यटकीयलाई दिने सेवा र सुविधामा सुधार भएर ३५ लाख पुगिसक्दा पनि पछिल्लो पर्यटक आगमन भने जम्मा १० लाख ५५ हजार मात्रै छ।
पर्यटकका लागि हाेटल क्षेत्रमा ठूलो लगानी छ। लगानी अनुसार पर्यटक आगमन हुन नसकेको हानका अध्यक्ष विनायक शाह बताउँछन् । लगानी र पर्यटक आ गामनबीचकाे असन्तुलनले भविष्य अनिश्चित भएको हान अध्यक्ष शाहको भनाइ छ।
राजधानीमा भएको एक कार्यक्रममा पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकाल पर्यटन नीतिमा दीर्घकालीन योजनाभन्दा छोटो अवधि लक्षित योजनामा ध्यान दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘ भैरहवा विमानस्थलको सही उपयोग र आन्तरिक सडक तथा हवाई कनेक्टिभिटी सुधार गर्न सरकारको ध्यानाकर्षण जरुरी छ।’
पर्यटन सचिव डा. गणेश प्रसाद पाण्डेले वार्षिक पर्यटनको लक्ष्य राखेर हरेक वर्ष सुधारमा ध्यान दिइँदै पर्यटन दशक मनाइने धारणा वताए। पर्यटक बसाइको अवधि (लेन्थ अफ स्टे) बढाउन नयाँ होटल थप्नेभन्दा सेवा र अनुभव सुधार्न केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले मुलुकलाई मर्यटकमैत्री बनाउन विमानस्थल तथा नाकाका अध्यागमनहरु चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन पूर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको मार्केटिङ, र डिजिटल प्रविधिको अभावले नेपालमा पर्यटकको अनुभव कमजोर बनिरहेकाे बताउँछन् ।
नेपाल पर्यटन बाेर्डका अनुसार यश वर्षको ११ महिनामा १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरे।गएको वर्षमा ९ लाख १६ हजार पर्यटक भित्रीएका थिए। एक वर्षको अवधिमा करिब डेढ लाख पर्यटक थपिएको देखिन्छ ।