यही साल २०८२ फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुने भएको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज शुक्रबार राति नयाँ निर्वाचनको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन्।
उनको सिफारिस अनुसार राष्ट्रपतिले नयाँ निर्वाचनको घोषणा गरेका हुन्।संविधानतः मन्त्रीपरिषद्ले गरेको सिफारिसलाई राष्ट्रपति सदर गर्ने व्यवस्था छ।
राष्ट्रपतिले वर्तमान प्रतिनिधि सभा भंग गरि नयाँ निर्वाचनको मिति घोषणा गरेका हुन्।नयाँ निर्वाचनको मिति घोषणापछि चुनावी सरगर्मी बढ्ने छ। यो सरकार गठनको मुख्य उदेश्य नै निर्वाचन गराउनु हो।









