२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

चार महिनामा ५ खर्ब १३ अर्बको आयात हुँदा ५२ अर्ब ६७ कराेडकाे निर्यात


८ मंसिर २०८१, शनिबार  


यश चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा गरेको यस्तो आयात ०.१७ प्रतिशतले बढेको हाे ।

गएकाे आर्थिक वर्षको यही अवधिमा नेपालमा ५ खर्ब १२ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

यश चालू आर्थिक वर्षको यस अवधिमा नेपालले ५२ अबै ६७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । नेपालले गरेको यस्तो निर्यात गएकाे आर्थिक वर्षको यही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी हो । गएकाे आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो ।

चालू आर्थिक वर्षको पहिलो चार महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ भने नेपालको वैदेशिब व्यापार ०.५३ प्रतिशतले बढेको छ ।

यो अवधिसम्ममा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँको छ । तथ्यांक अनुसार नेपालले ९१ प्रतिशतको आयात गर्दा ९ प्रतिशतको मात्रै निर्यात गर्ने गरेको कहालिलाग्दो अवस्था छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ५ : २५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित