३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बुढानीलकण्ठ–३ का सुबास सापकोटाले दिए स्वदेशमै उद्यम गर्ने सन्देश !


३१ बैशाख २०८३, बिहिबार  


ब्रोज बर्जर हब सञ्चालनमा ल्याउँदै बुढानीलकण्ठ वडा नं. ३ का युवा विद्यार्थी सुबास सापकोटाले स्वदेशमै सीप र श्रमको सदुपयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्।

नेपालमा पछिल्लो समय अध्ययन र रोजगारीका लागि युवाशक्ति विदेशिने क्रम तीव्र भइरहेका बेला उनले भने “विदेश नै भविष्यको एकमात्र विकल्प होइन” भन्ने सन्देश दिन खोजेका छन्।

हाल कलेज अध्ययनरत सापकोटाले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आधुनिक शैलीको बर्गर व्यवसाय सुरु गरेका हुन्। “स्वदेशमै केही गरौँ” भन्ने सोचसहित सुरु गरिएको उक्त व्यवसायले स्थानीय स्तरमै सकारात्मक चर्चा बटुल्न थालेको छ।

उनका अनुसार “ब्रोज बर्जर हब ” ले विभिन्न प्रकारका बर्गर तथा फास्टफुड परिकार अनलाइन माध्यमबाट ग्राहकसम्म पुर्‍याउने सेवा सञ्चालन गरिरहेको छ। ग्राहकहरूले घरमै बसेर अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ भने Take way System सहित लोकप्रिय फुड डेलिभरी प्लेटफर्म Foomandu Apps मार्फत पनि सेवा उपलब्ध गराइएको छ।

युवा व्यवसायी सापकोटाले आफ्नो उद्यममार्फत आफू मात्र आत्मनिर्भर बनेका छैनन्, अन्य २ देखि ३ जना युवालाई समेत रोजगारी प्रदान गरेका छन्। सानो सुरुवातले पनि रोजगारी सिर्जना गर्न सकिने उदाहरण उनले प्रस्तुत गरेका छन्।

उनले आगामी दिनमा “ब्रोज बर्जर हब” लाई विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको बताएका छन्। साथै आफूजस्तै सीप भएका युवाहरूलाई विदेशिनुभन्दा स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

“नेपालमै अवसर खोज्न सकिन्छ। मेहनत र निरन्तरता भए युवाले आफ्नै देशमा पनि सम्मानजनक भविष्य बनाउन सक्छन्,” सापकोटाले बताए।

स्थानीय युवामाझ उद्यमशीलताको सकारात्मक सन्देश फैलाइरहेको “द्यचय’क द्यगचनभच ज्गद” ले स्वदेशमै केही गर्न चाहने युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  २ : २६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित