२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानलाई युनिक एड्भेन्चर प्रालिद्वारा पदमार्ग सामग्री सहयोग


१८ जेष्ठ २०८२, शनिबार  


युनिक एडभेन्चर इन्टरनेसनल प्रालिलेले लुम्बिनी पर्यटन सञ्चार प्रतिस्ठानलाई पदमार्गमा जानका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेको छ।

पर्यटन पत्रकारहरूलाई स्थलगत रिपोर्टिङमा जाँदा आवश्यक पर्ने १५ थान रेइनकोट र पाँच थान स्टिक सहयोग गरेको हो।प्रालिका प्रबन्धक निर्देशक खुमबहादुर सुवेदीले कम्पनीको कार्यालयमै सामग्री हस्तान्तरण गरेका हुन्।

पर्यटकीय गन्तव्यहरूको अध्ययन ,अनुसन्धान र प्रवर्धनका क्षेत्रमा पत्रकारहरूलाई सघाउ पुगोस् भन्ने उदेश्यले आवश्यक सामग्री सहयोग गरेको प्रबन्ध निर्देशक सुवेदीले बताए ।

टानका पूर्व अध्यक्ष समेत रहेका सुवेदीले मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएपनि पत्रकारिता क्षेत्रको प्राथमिकतामा नपरेको बेलामा लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानले पत्रकारहरूलाई गोलबन्द गर्दै विधागत पत्रकारितामा विशेष प्राथमिकता दिन लागेको भन्दै खुशी व्यक्त गरे।।निजी क्षेत्रले सधैं पत्रकारहरूलाई साथमा लिएर पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा लाग्दै आएको बताउदै सुवेदीले पदमार्गहरूको विषयमा थप खोज तथा अनुसन्धानबाट खवर सम्प्रेषण गर्न पनि सझाव दिए।

बागमती प्रदेश, पर्यटन मन्त्रालयको आयोजनामा लाङटाङ भ्यालीमा हुने कार्यक्रमका लागि लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानको टोली यही जेष्ठ २० देखि २४ गतेसम्म पदमार्ग प्रस्थान गर्दैछ ।

कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि प्रतिष्ठानले सरकार र निजी क्षेत्रसंग मिलेर अघि बढीरहेको प्रतिष्ठानका अध्यक्ष केशव शर्माले बताए । अध्यक्ष शर्माले त्रकारहरूलाई पदमार्गमा जान आवश्यक सामग्री सहयोग गरेकोमा कम्पनी र कम्पनीका प्रबन्ध निर्देशक सुवेदीलाई धन्यवाद व्यक्त गरे।

पर्यटन क्षेत्रको विकास सबैको साझा प्रयत्नबाट मात्रै सम्भव हुने भएकोले सबै क्षेत्र र तप्कासंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि अध्यक्ष शर्माले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार  ७ : २७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित