२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

विश्व निकेतनलाई राष्ट्रिय शिक्षा पुरस्कार !


३ आश्विन २०८१, बिहिबार  


काठमाडौकाे त्रिपुरेश्वर स्थित रहेको विश्व निकेतन माध्यमिक विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कार २०८१ हात पारेकाे छ।

बुधबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा अाेली २ लाख नगदसहित राष्ट्रिय शिक्षा पुरस्कार , शिल्ड,ध्वजा र प्रमाणपत्र प्रदान गरेका हुन्।

प्रधानमन्त्रीले प्रदान गरेको पुरस्कार उत्कृष्ट नतिजाकाे आधारमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयबाट हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसका दिज प्रदान गरिने राष्ट्रिय शिक्षा पुरस्कार हाे।

विश्व निकेतन माध्यमिक विद्यालयले यस्तो राष्ट्रिय पुरस्कार यश अघि २०७४ र २०७५ मा पनि लगातार दुई वर्ष प्राप्त गर्न सफल भएको थियो।बुधबारकाे समेत विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कारमा ह्याटि्रक गरेको हाे।

देशकै नमुना सामुदायिक विद्यालयकाे रूपमा रहेको विश्व निकेतनकाे शैक्षिक गुणस्तर निकै राम्रो छ। विद्यालयले माध्यमिक तहकाे परीक्षा हाेस् या कक्षा १२ नतिजामा अब्बल रहदै आ एकाे छ।

यश विद्यालयमा प्रधानाध्यापककाे रूपमा हेरम्बराज कडेेेलले नेतृत्व गरे यता विद्यालय निरन्तर सफलता हासिल गरेको छ।यश विद्यालयमा ४२ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ८ : २८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित