२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

मनकामना केबलकार पुनः सञ्चालनमा


३ कार्तिक २०८१, शनिबार  



मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गएकाे असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार यही गएको शुक्रबारदेखि नियमित सञ्चालनमा आएको हो । 
 
यश अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले सरजु अनलाईनलाई बताए।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

 केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।  नेपालकाे पहिलो केबलकारकाे रूपमा रहेको यश कम्पनी पर्यटन क्षेत्रमा ठूलो याेगदान पुर्याउँदै आएकाे छ।यसकाे व्यवसायीक सफलता पछि अन्य ६ वटा केबलकार पनि सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ४ : २८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित