हरेक बाआमाको सपना हुन्छ, मेरो छोरी, मेरो छोरा ज्ञानी होस्,संकारी होस्। विनयशील होस्, नम्र होस्, अध्ययता होस्, बाआमाको दुःखसुखको आड भरोसा होस्, संसारमै उ महान मानिस होस्। यस्ता हुन्छन् प्रत्येक बाआमाका स्वप्निल सपना र नुतन योजना ।
त्यही भएर नै सन्तानको शिक्षाको लागि बाआमा आफ्नो जिन्दगी बन्धकी नै राखेको हुन्छन्। अझ हाम्रो जस्तो समाजमा सन्तानका लागि शिक्षा मात्रै होइन सम्पत्तिको पनि उस्तै गरी जोहो गर्नुपर्ने जबरजस्ती बाध्यकारी गलत प्रथा छ। बाबु आमाले नकमाइदिए छोराछोरीले भोलि दुःख पाउँछन् भन्ने भाष्य झाँगिएको छ। यही सपना र महत्वकांक्षाले आफू भोकै बसेरै, आफू आधा शरीर ढाकेरै भएपनि सन्ततीको खुशी नै हरेक बाअमााको अन्तिम लक्ष्य र उदेश्य हुन्छ।
अझ भनौ हरेक बा आमा आफूका लागि बाँचेका हुदैनन्, आफ्नै छोराछोरीका लागि बाँचेका हुन्छन्। उनीहरु चाहान्छन्, मेरो छोराछोरी कहिल्यै दुखि नहुन्, कुनै दःख आइनलागोस्। यस्तै यस्तै भाव र भावना अनि सपनामा बाँचेका हुन्छन्, हरेक बा आमा । उनीहरुले आफ्नै जीवनलाई विर्सिएरत छोराछोरीको शिक्षा दिक्षामै सर्मपण गरेका हुन्छन्। यो कुरा हाम्रो नेपाली समाजमा त झन् अलि धेरै छ। यसलाई समाजले पनि दायित्व ठानेको छ र समाजको चेतनास्तर अनुसार यो स्वभाविक पनि हो ।
तर, शिक्षा कस्तो हुने रु शिक्षाले स्वयं व्यक्ति, परिवार अनि समाजलाई के योगदान गर्ने भन्ने कुरामा खासै कसेको ध्यान हुन्न र देखिन्न पनि । आज अधिकांश बा आमालाई एउटै मात्रै चिन्ता छ, त्यो हो परीक्षामा आफ्ना छोराछोरीले नम्बर कति ल्याउँछ रु मानौ छोराछोरी जन्मिएकै त्यही नम्बर लिनका लागि मात्रै हो । उनीहरुले विद्यालय अध्ययन गर्नु भनेको नै जे जसरी हुन्छ, धेरै नम्बर लिुन हो । यो चिन्ता र सोचाइ हरेक बाआमामा देखिन्छ। यस्तो हुनु स्वभाविकै पनि होला । किनकी शेक्षिक क्षमताको मानक नै उनीहरुले प्राप्त गरेको अंक नै मानिे प्रथा जो छ, यहाँ ।
त्यसो भए उसले प्राप्त गरेको अंक नै जीवनको अन्तिम लक्ष्य हो त रु के यही अंकमै उसको जीवनको मूल्य र औचत्य टुंगिन्छ त रु अवस्य टुंगिदैन ।किनकी मानवीय जीवन यति साँघुरो छैन, अंकमै टुंगिने गरी ।यो त विशाल छ। परिवारमा जन्मिनु समाजमा हुर्किन मात्रै उ जन्मिएको हुदैन । उ जन्मिएर हुर्केपछि परिवार समाजकालाई केही न केही योगदान दिएर जानुपर्छ। त्यसका लागि उसले आर्जन गर्ने विद्यालय शिक्षा र जीवनउपयोगी सामाजिक अर्थात संस्कारयुक्त शिक्षाको जरुरी पर्दछ। अंकधारी शिक्षाले मात्रै उसको जीवनको अर्थ औचित्यता पुष्टि गर्दैन । उसले शिक्षासंगै संस्कारको नतिजा पनि देखाउनुपर्छ । शिक्षासंगै उसका अघि समाज र परिवारप्रति गर्ने नैतिक तथा मानवीय दायित्व र जिम्मेवारहरु धेरै हुन्छन्। समाजमा जन्मिसकेपछि, हुर्कि सकेपछि समाजप्रति निभाउनुपर्ने भूमिकाहरु धेरै हुन्छन्। परिवारप्रतिको दायित्व पनि उत्तिकै हुन्छन्, एउटा उन्नत र जिउँदो समाजमा ।
मानवीय मूल्य र महत्व त्यही भएरै खोजि गरिन्छ, समाजमा । तर, जीवनका विशाल र विराट यी पाटाहरु सबै सबै सर्लक्कै विर्सिएर आजका अभिभावक नम्बरका पछाडि कुदेको छ, कुदेको छ। यति मात्रै होइन, बा आमाले सन्तानका लागि शिक्षा र सम्पत्तिकै लागि आफ्नो जीवन सकाएका हुन्छन्, तर, छोराछोरी कुसंस्कार बनेका हुन्छन्। सही नैतिक शिक्षाको अभावमा समाजमा अपराधको कारक बनिरहेका हुन्छन्। काँचो माटोलाई सही ढंगबाट परिचालन गर्न सकिएन भने समाजका लागि घातक बन्ने गरेका उदाहरण छन्। समाज र देशको भविष्य देखाउने नागरिक आज कुलतमा फसेको मात्रै होइन, जघन्य अपराधमा मुछिएर जेलनेल खाएका प्रसंगहरु पनि छन्। यसर्थ छोराछोरीले परीक्षामा ल्याउने नम्बरेले मात्रै उसको जीवनका लक्ष्य पूरा हुदैन उसले अंगालेका व्यवहार आचारण पनि उत्तिकै हुन्छन्, शिक्षा मात्रै उसको व्यक्तित्वको मानक होइन, उसका मानवीय व्यहार र आचरणहरु अमूल्य निधि हुन्। यीनै निधि नै जिवनका खास सुन्दर पक्ष हुन्।जुन कुरा समाजले अनदेखा गदै पाइन्छ।
हाम्रो चेतना र सोच यस्तौ भैसक्यो की जहाँ नम्बरमै इज्जत प्रतिष्ठा,मान सम्मान भेटिन्छ भन्ने ज्यादै भ्रम छ। यही भ्रमको कुहिरोमा हराएर अभिभावकले आफ्नो खुशी र सुखलाई समेत विर्सिन्छन्। आफ्नै जीवनको मूल्य र महत्वलाई बेचेरै भएपनि सन्ततीको नम्बरकै पछि बेलगाम र वेपरवाह कुदिरहेका हुन्छन्। न झरी, न घाम , न भोक न त तिर्खानै बोध गर्दछन्, उनीहरु । जिन्दगीका हरेक महत्वपूर्ण क्षणलाई तिलान्जली दिएर सन्तानको अंक गणीतीय शिक्षाको चिन्ता र पिरलोले सताइएका हुन्छन्। कुनै पनि सफल मानिस बन्न उसमा शिक्षासंगै संस्कारको जरुरत पर्दछ भन्ने कुरामा खास बोध गरेको पाइन्न ।
बरु आजको आधुनिक शिक्षाले नम्बर मात्रै देखेको छ। मानवीय मूल्य मान्यता र संस्कारलाई पटक्कै चिनेको पाइन्न । यस्तो शिक्षाले जीउन त सिकाउला तर, जीवन र जगतको गहिरो अर्थ र त्यस्को वास्तविक मूल्य भेटाउैदैन । शिक्षा व्यापार भैसक्यो। यसको बोल कबोल हुन्छ, हरेक बजारमा । त्यही शिक्षाले मानिसको सोचाइ र आचरणमा पनि त्यही नाफामूखी चेतनाको विकास गरेको छ। जसले गर्दा आजको नयाँ पुस्ताले परिवार र समाजको हित भन्दा आफ्नो नाफा र घाटाको हिसाब गर्दछ, क्यालकुलेटर थिचेर आफूलाई सफलता र असफलताको परिभाषा गर्न गरेको छ।
उसलाई आधुनिक शिक्षाले श्रवणकुमारको कथा पढाएन, उसलाई शिशिर बसन्तको भाइ भाइबीचको प्रेम पढाएन। उसलाई हाम्रा पूर्खाले अंग्रेजसंग वीरतापूर्वक युद्ध लडेको कथा पढाएन। हाम्रो आधुनिक शिक्षाले अतिथि देवो भवः पढाएन। हामीलाई हाम्रो शिक्षाले पढायो त केवल नम्बरमै । त्यही जीपए ४ प्राप्त नगरी जीवन अधुरै रहन्छ, अपूर्ण रहन्छ, असफल रहन्छ, त्यसकारण जीवन पूर्ण तब हुन्छ, जब विद्यालय शिक्षामा जीपीए ४ ल्याइन्छ। यस्तो जबरजस्ती भाष्यबाट प्रभावित छन्, लाखौ अभिभावक र तिनका सन्ततीहरु । यही नम्बरकै लागि उनीहरु आफ्नो जीवन कुर्बानी मात्रै गरेका छैनन्। आफ्नौ आर्थिक जायजेथा पनि सिद्ध्याएका छन्। यस्तो प्रयत्नबाट प्राप्ती के हुन्छरु त्यसको प्रभाव र परिणाम के हो रु यतातिर कोही कसैले खोजी गरेको पाइन्न। बरु,सबैले जीपीए ४ ल्याउनै पर्छ भन्ने गरेका छन्। जीपीए ४ विना जीवन अधुरा रहन्छ भन्ने भाष्य समाजले बनाएको छ। त्यही भाष्यको पछाडि कुदेको छ, समाज।
उनीहरु आफ्नो सन्ततीले एक वर्षको अध्ययन गरेर तीन घण्टामा लेखिएको भरमै उसको जीवनको ऐनामा पूर्ण मूल्य खोजिरहेका हुन्छन्। उनीहरु चाहान्छन्, मेरो सन्ततीले जे जसरी भएपनि जीपीए ४लिनुपर्छ। विद्यालयमा पाइलो टेकेदेखि नै उसलाई यही जीपीएको नम्बरले थिचिरहेको हुन्छ। किनकी बाआमाको एउटै सपना हुन्छ, त्यो हो, मेरो छोराले जीपीए ४ ल्याओस्, मेरो छोरीले जीपीए ४ ल्याओस्।
यही नम्बरकै पछि कुद्ने अभिभावकले मेरी छोरी र मेरो छोरोको संस्कार कस्तो छरु उसले शिक्षासंगै कस्तो संस्कार सिकिरहेको छरु बाआप्रति कति आदर गर्दछ, गुरुजनप्रति कस्तो व्यवहार देखाउँछ, आफू भन्दा माथिलाई कति आदर गर्दछरु घर परिवारमा हर काममा कति सघाउँछ रु परिवारको काम मेरो पनि हो भन्ने कुरा कत्तिको बोध गर्दछरु बाआमो दर्द र पीडा महशुस गर्छ या गर्दैनन्। सन्तानले कस्तो आचरणको विकास गरेको छ। उसले परिवार र समाजप्रति कस्तो मर्यादा राख्दछरु उसमा नैतिक शिक्षा र व्यवहारहरु कस्ता छन्।
उभित्रको अनुशासन र आचरण कस्तो छ रु शिक्षा हासिलसंगै उसले आफ्नो उमेर अनुसार कस्तो व्यवहार देखाउँछ रु शिक्षासंगै जीवन के हो रु भन्ने बारे उसले कति बोध गरेको छरु कति बुझेको छ रु यी प्रश्नहरुको उत्खनन् गर्ने बाआमा नेपाली समाजमा सायदै होलान् यही सोच र दृष्टिकोणकै कारण आज समाज सुखी होइन झन् दुखि छ। शिक्षाले त समाजलाई सुखी र सम्वृद्ध बनाउनुपर्ने हो, विडम्बना, परिवार रित्तिएकोे छ, बस्ती खाली भएको छ, नयाँ पुस्ता स्वदेशमा विरक्तिएको छ, विदेशीका गल्ली गल्लीमा भविष्यको सपना देखिरहेको छ।
यता, जीवनभर दुृखि भएका बाआमा उमेरसंगै झन् दुखि बन्नुपरेको मात्रै छैनन्। शिक्षासंगै संस्कारको अभाव हुँदा आज आफैले जन्माएको, आफैले आफ्नो जीवन दाउँमा राखेर पढाइ लेखाइ गरेको सन्तान पराइ भएको छ। त्यही जीपीए ४ लिएको योग्यताकै भरमा उ अमेरिका अष्ट्रेलिया पुगेको छ। युरोप पुगेको छ। विश्वका जुनसुकै कुनामा पुगेको छ। किनकी हाम्रो शिक्षाले जिउन मात्रै सिकायो। जिउनका लागि स्वदेशमा अवसर छैन भन्ने सिकायो, त्यसैका लाग उ परदेशी बन्यो । भौतिकरुपले मात्रै परदेशी भएन उ भावनात्मकरुपले पनि टाढियिो। बाआमा जीवनभरको मूल्य लगानी गरेर छोरा छोरी पढाए। छोरा छोरी परदेशी भए। बाआमा छोडेर परदेशी हुँदा पनि खुशी हुनुपर्ने बाध्यता छ, उनीहरुलाई ।
यो नियती विशेषगरी नेपालको मध्यमवर्गीय समाजमा छ। मध्यमवर्गीय समाजमा पढाइ र कमाइ गर्नुपर्छ भन्ने बाध्यकारी सोचको विकास भएको छ। यही सोचका कारण हर युवा बाआमालाई गाउँमै छोडेर परदेशी बन्छन्। उनीहरु आफ्नो दायित्व र कर्तव्य सबै सबै भुलिदिन्छन्, किनकी हाम्रो शिक्षाले जिउन सिकायो तर, जीवन सिकाएन । जसको परिणाम नयाँ पुस्तामा नैतिक संस्कार र चिन्तन पटक्कै छैन। उसमा छ त केवल पैसा । पैसा कमाउनु नै उसको अन्तिम उदेश्य छ, अनि आफू रमाउनु नै उसले जीवन देखेको छ। यस्तो प्रवृत्ति र सोचले आक्रान्त छ, नेपाली समाज ।
समाजको यो भयावहको अवस्थाको कारण नै हाम्रो शिक्षा नीति हो। जस्तो नीति र सिद्धान्त हुन्छ, त्यही अनुसारको परिणाम त अवस्य निस्कन्छ। त्यसका लागि हाम्रो विद्यमान शिक्षा नीतिमा परिवर्तनको जरुरी छ। शिक्षा नीतिमा परिवर्तनसंगै आम अभिभावकको सोचाइ र दृष्टिकोणमा परिवर्तन नभए हाम्रो नयाँ पुस्ता यस्तै हुनेछ। जसले बा आमा र मातृभूमि मात्रै छोड्ने छैन, मानवीय मूल्य मान्यता, आदर्श र दायित्वहरु पनि सबै विर्सिदै जानेछ। यसर्थ शिक्षालाई अकंकमुखी होइन, संस्कारमुखी शिक्षा पद्धतिको विकास गर्न राज्यले बैलेमा सोचोस्।