७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सिटिजन्स बैंकद्वारा कृष्ण संस्कृत तथा साधारण मावि सुर्खेतका दृष्टिविहीन विद्यार्थीलाई सहयोग


२३ मंसिर २०८१, आइतबार  



सिटिजन्स बैंकले सुर्खेत वीरेन्द्रनगरमा दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। वीरेन्द्रनगरस्थित श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हाे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरेको छ। अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संगको सहकार्यमा बैंकले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो ।

विद्यालयमा आयोजित एक समारोहबीच बैंकले सहयोग स्वरुप विभिन्न ब्रेल शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको छ । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरुले उनीहरुको अध्ययनमा सहजता प्राप्ति हुने विश्वास गरिएको छ। उनीहरूकाे विकास होस भन्ने अभिप्रायका साथ बैंकले यस्ता सामग्रीहरु प्रदान गरेको हो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ३३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित