सिटिजन्स बैंकले सुर्खेत वीरेन्द्रनगरमा दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। वीरेन्द्रनगरस्थित श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हाे ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरेको छ। अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संगको सहकार्यमा बैंकले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो ।
विद्यालयमा आयोजित एक समारोहबीच बैंकले सहयोग स्वरुप विभिन्न ब्रेल शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको छ । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरुले उनीहरुको अध्ययनमा सहजता प्राप्ति हुने विश्वास गरिएको छ। उनीहरूकाे विकास होस भन्ने अभिप्रायका साथ बैंकले यस्ता सामग्रीहरु प्रदान गरेको हो ।