२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

नालायकहरूबाट हटाइए ‘नायक कुलमान’


११ चैत्र २०८१, मंगलबार  


स्याल बहुलायो भने शहर पस्छ भन्ने नेपाल उखान फेरि यतिबेला चरितार्थ भएको छ। सत्ता र शक्तिको चरम दुरुपयोग गरेर एक सफल नायकलाई एउटा अहंकारी मन्त्रीको स्वार्थमा सरकारले जे निर्णय गरेको छ। यो इतिहासमा निकै महंगो बन्नेछ ।

लाखौं जनताबाट स्याबासी पाएका र निराशको कालो बादल चिर्न सकेका कुलमानलाई सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट हटाइएको छ। ओलीले आफ्नै सालो हितेन्द्र देव शाक्यलाई नियुक्ति गरेर थप बदनामी भएका छन् ।

सरकारको यस्तो गलत निर्णयको दुनियाँले विरोध गरेको मात्रै छैन ,सरकारका यस्ता अलोकपृय निर्णयले व्यस्थामाथि उठेको प्रश्नलाई थप मलजल गरेको छ। २२ अर्ब बक्यौता नतिर्ने उद्योगीलाई पोसाउन यस्तो निर्णय गरेर जनतामा थप निराशा बढाएको छ।यो निर्णय सरकार ,एमाले कांग्रेसलाई निकै महंगो पर्ने त छ नै ।यसैमा पनि गणतन्त्रको धुरी खाँबो अझै हल्लिने छ।

देशलाई १८ घण्टा लामो लोडसेडिङबाट मुक्त गराएका कुलमानलाई सरकारी फर्मान पालना नगरेको रिसमा लिइएको बदला हो ,यो। सोमबार तीन दलको बैठक बोलाएर बेलुकी मन्त्रीपरिषद् बैठकबाट यस्तो गलत निर्णय गरेको हो, सरकारले । २०७३ भदौ २९ मा तत्कालीन प्रचण्ड सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियोे । पछिल्लो पटक २०७८ मा कांग्रेस माओ वादी गठबन्धन सरकारले उनलाई पुनः नियुक्त गरेको थियोे ।दुई कार्यकाल पनि पूरा काम गर्न नपाएका उनले औसतमा ७ सय मेघावाट जडित विद्युत तीन हजार मेगावाट पुराएका छन् ,भने देश लोडसेडिङ मुक्त भएको छ।

लोडसेडिङको अन्त्यले देशमा सम्भावनाका ढोका मात्रै खोलेन ,स्वदेशमा बसेर उद्यम र व्यवसाय गर्ने वातावरण बनेको छ। सरकारको यो निर्णयले अब अब सीमित ईन्भर्टर व्यापारी हौसिने र लाखौं जनता तड्पिने दिन आउने खतरा छ।


सरकार यो गलत निर्णय सच्याउने ठाउँ छ। किनकि आगामी साउन २४ गते कुलमानको कार्यकाल सकिदै थियोे । कुलमान सर्वोच्च जानेछन् ।उनलाई पुनः थमौती गर्नेछ । सरकार हिस्स बुढी हरिया दाँत झै हुनेछ । यसबाट सरकारले बदनाम बाहेक केही कमाउने छैन । करिब ४ महिना पछि प्रक्रियाबाट स्वतः जाँदै गरेका कर्मचारीलाई हटाएर ओली सरकार थप दुर्गन्धित हुने काम गरेको छ।

यसको जति नै निन्दा र आलोचना गरे पनि कमै हुन्छ ।सरकारको यस्तो निर्णय सवर्था गलत भएको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले कडा टिप्पणी गरेका छन् । उज्यालो नेपालका एक नायकलाई हटाएर ओली सरकार थप नाङ्गो भएको उनको आरोप छ।


गएको साउनदेखि सुनियोजित रूपमा केपी ओली र दीपक खड्का उनी विरू्द्ध लागेका थिए। प्रचण्डले भने जस्तै माफिया दरबारमा तयार भएको सरकारले कुलमान जस्ता काबिल कर्मचारीलाई निशाना बनाउँदै अन्ततः चैत ११ गते पदबाट मुक्त गर्यो।सरकारले थप नालायकीपन देखाएर इतिहासकै बदनामी सिद्ध गर्यो।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ६ : ३३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित