२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

कस्ताे रहला, दशैंपछिकाे सेयर बजार ?


२९ आश्विन २०८१, मंगलबार  


दशैंकाे पाँच दिन विदापछि आज मंगलबारदेखि सेयर बजार खुल्दैछ । गएकाे हप्ता बुधबार दिनकाे कारोबारपछि बन्द भएको सेयर बजार आजबाट खुल्न लागेको हो । 

यश वर्षको दशैंकाे अवधिमा लगानीकर्ताले सेयर कारोबार बन्दकाे लामो रिक्तता महशुस गर्नु परेन। गएको शुक्रबार र शनिबार नियमित रूपमै बजार बन्द भएको थियो ।

दसैँअघिको केही समय सेयर बजार उतारचढावपूर्ण रह्यो । यही साल २०८१ साउन महिनाकाे ३१ गतेका दिन ३००० बिन्दुलाई छोएको बजार परिसूचक त्यसपछि करिब दुई महिनादेखि निराशाजनक छ । उतारचढावकै यश अवधिमा बजार घट्दो क्रममा भएको देखिन्छ ।

यश अवधिमा बजार करेक्सन भएर असोज महिनाकाे तेस्रो सातासम्म २४६४ अंकसम्म झरेको थियो । त्यसपछि भने केही सुधार भएर बजार अहिले २६६८ अंकमा पुगेको हाे। 

गएकाे दुई महिनादेखि निराशाजनक रहे पनि पछिल्लो दुई साताले राहत दिएको सेयर बजारले दशैंपछि कुन बाटाे पकड्ला भन्ने विश्लेषण गरिएको छ।

पछिल्ला दिनमा सूचीकृत कम्पनीमा लगानी गर्ने र शेयर बजारमा चासो हुनेले खोजिरहेको प्रश्न यही हाे। यसमा दुई प्रकारको धारणा र तर्कहरू देखिन्छन् । दशै अवधि छाेटाे र नीतिगत परिवर्तन नभएकोले खासै फरक नपर्ने तर्क गर्दै आएका छन् ।

अर्का थरीले दशैंपछिको अवस्था फरक रहेकोले बजारले नयाँ गति लिने दाबी गरिरहेका छन्् ।यद्यपि सेयर बजारको छनक भने मंगलबारकाे नेप्से परिसूचकले अवस्य दर्शाउनेछ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ६ : ३४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित