१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

उर्जा मन्त्री दीपक खड्काको रूवाबासी, कुलमानले अटेरी गरेको दुखेसो


७ फाल्गुन २०८१, बुधबार  



उर्जा मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको भन्दै दुखेसो पोखेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा घिसिङसँग रुष्ट रहेका ऊर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेको समेत आरोप लगाउँदे मंगलबार संसदमा रूवाबासी गरेका हुन् ।

‘प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न,’ प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्राधिकरणमा सय प्रतिशत लगानी सरकारको छ, तर एउटा कर्मचारी भाषण गर्दै हिँड्नुहुन्छ । यस्तो अराजक गतविधिलाई सरकारले सधै हेरेर बस्नु हुँदैन । लगाम लगाउनुपर्छ ।’


मन्त्री खड्काले मन्त्री पद सम्हालेदेखि कुलमान
घिसिङको खेदो खन्दै आएका छन् । २२ अर्ब विद्युत बक्यौता मिनाहमा कुलमानले असहयोग गरेपनि उनको यस्तो धन्दा जारी रहेको हो।पछिल्लो समय प्रधानमन्त्री ओ ली पनि नरम देखिएका छन् । एमालेको जनमत खस्किदै गएपछि एमालेले मौन
ता देखाएको अनुमान छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ३४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित