२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

उपराष्ट्रपति भान्स भन्छन् -‘ग्रीन कार्डले अमेरिकी स्थायी बासिन्दा भइन्न’


३० फाल्गुन २०८१, शुक्रबार  



संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जेडी भन्सले ग्रीन कार्ड बनेकै भरमा स्थायी अमेरिकी बसोबास नहुने बताएका छन् ।

उनले अमेरिकी आप्रवासन नीति र त्यससँग सम्बन्धित समस्याहरुमा बढ्दो बहसकाबीच यस्तो बताएका हुन्।

उनले भने, ‘ग्रीन कार्डका आधारमा कोही पनि अमेरिकामा स्थायी बसोबास गर्न सक्दैन । यो निर्णय अमेरिकन जनताले गर्नुपर्छ ।’ भान्सको यस भनाईले अमेरिकाको आप्रवासन प्रणालीमा थप नियन्त्रण र कडाइको आवश्यकता औंल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनले ग्रीन कार्डलाई स्थायीत्वको प्रमाण नभइ, एक अस्थायी अनुमति मात्र भएको भन्दै यसका प्राप्तकर्ताहरुलाई अमेरिकी राष्ट्रसँगको सम्बन्धको पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि जोड दिएका छन् ।

उनको यो भनाई खासगरी अमेरिकी समाजका विभिन्न तहमा आप्रवासन र सीमा सुरक्षाका विषयमा बहसलाई प्रज्वलित गरेको छ । केहीले भान्सको विचारलाई अमेरिकी नागरिकताको रक्षा गर्ने कदमको रुपमा लिएका छन् भने अन्यले यसलाई विदेशी नागरिकप्रति असंवेदनशील र कठोर दृष्टिकोण मानिरहेका छन् ।

यसमा अमेरिकी सरकारको शक्तिको प्रयोग र आप्रवासन नीतिको सुधारका बारेमा नयाँ विचार र बहस उठाइएको छ । भान्सले ग्रीन कार्ड जस्ता कानुनी प्रक्रिया र अमेरिकी मुलुकमा बसोबासको अधिकारलाई पनि सरकारले आवश्यकतानुसार पुनस्सम्भावित समीक्षा गर्नुपर्ने कुरा उठाएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १० : ३५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित