३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

सवा २१ खर्बको शेयर कारोबार,गएको वर्षको तुलनामा तेब्बरले बढ्यो कारोबार


३ श्रावण २०८२, शुक्रबार  


भर्खरै सकिएको आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्रको कारोबार भएकोमा गएको आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ ।

कारोबार रकम आर्थिक वर्ष २०८०८१ को तुलनामा १८९.२३ प्रतिशतले बढेको हो । यस अघि आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा धेरै रकम १४ खर्ब ५४ अर्ब ४४ करोड को कारोबार भएको थियो ।

यसैगरी वर्ष २०८१ को असार मसान्तसम्म ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । यस आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन् ।

प्रथम निष्कासनमार्फत् ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  ७ : ३७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित