३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

अर्थतन्त्रको आकारमा झिनो वृद्धि,उद्योग, निर्माण र सेवा क्षेत्र खुम्चिए !


२४ पुस २०८१, बुधबार  


सरकारले अर्थतन्त्र सुधारको जति गुलिया गफ गरेपनि यथार्थ भने फरक छ। नयाँ सरकार गठन भएको ६ महिनामा अर्थतन्त्रका सूचकहरूमा तात्विक भिन्नता देखिन्न। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालको अर्थतन्त्रको आकार ०.२ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

गएको आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमास ९वैशाख–असार० को तुलनामा आर्थिक २०८१÷८२ को पहिलो त्रैमास साउन–असोज०को मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर ०.२ प्रतिशत रहेको पाइएको छ ।

मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा आधारभूत मूल्यको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन करिब करिब बराबर रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । गएको आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये ६ वटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्रै वृद्धि भएको देखिएको हो।यद्यपी, विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान कार्यालयको छ ।

मौसम प्रभाव समायोजन गरेको विवरण अनुसार पहिलो त्रैमासमा विद्युत तथा ग्यास, सूचना तथा प्रविधि र यातायात तथा भण्डारण क्षेत्रमा सुधार आएको छ । यता खानी तथा उत्खनन् क्षेत्र पनि करिब १४ प्रतिशतले खुम्चिएको छ । यसैगरी व्यापार, निर्माण, पानी आपूर्ति तथा फोहोर व्यवस्थापन, उत्पादनमुलक उद्योग, कृषि, वन तथा मत्स्य क्षेत्र खुम्चिएको हो ।

मौसम प्रभाव असमायोजित आर्थिक वृद्धिदर ३।४ प्रतिशत हुने अनुमान कार्यालयको छ । गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र सामान्य दरले बढेको हो ।

त्रैमास–त्रैमास तुलना गर्दा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुको कारण कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन् ।

यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख रहेको हो । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ ।मौसम प्रभाव असमायोजित तथ्यांकअनुसार पहिलो त्रैमासमा निर्माण क्षेत्रमात्र खुम्चिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ८ : ३८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित