जब २०५८ साल जेष्ठ १९ गते मध्य रातमा दरबार हत्याकाण्ड भयो,तब शाह वंशीय परम्पराको अनौपचारिक अन्त्य भयो।
यद्यपि तत्कालीन गिरिजाप्रसाद कोईराला सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई श्रीपेच लगाइ दिएका थिए। २०४७ को संविधान अनुसार संवैधानिक राजतन्त्रको निरन्तरता चलिरहेको थियो ।उता, २०४७ को संविधानप्रति विमति राखेर प्रचण्ड बाबुरामहरू जनयुद्ध गर्दै थिए।जनयुद्ध गरिरहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर राष्ट्रिय राजनीतिलाई सही बाटोमा हिडाउन अभिभावकको भूमिका निर्वाह गर्न सक्थे।
तर,उनीमा पलाएको महत्वकाँक्षी कार्यकारी सत्ता मोहकै कारण शाह वंशीय परम्परा सधैंका लागि बन्द भयो । तत्कालीन सत्ता राजनीति भ्रष्टाचार ,बेथिति र विकृत थियोे । यसले जनतामा नकारात्मक प्रभाव छोडिरहेको थियोे । तर,संविधानले नदिएको अधिकार दुरुपयोग गरेर तत्कालीन देउवालाई अपदस्त गरि आफ्नै नेतृत्वमा मन्त्रीपरिषद् गठन गरे। २०६१ माघ १९ गतेको संवैधानिक कु मुलुकका लागि कालो दिन बन्यो।२०६१ असोज १८ मा देउवालाई हटाएर २०६१ माघ १९ सत्ता कु गरेपछि राजसंस्थाप्रतिको विश्वास सबै गुम्यो।
सत्ता हातमा लिएर देश दौडाहमा रहेका उनलाई तुल्सी गिरी र कमल थापाहरूले उक्साए। स्वर्ण युगको सपना बाँड्दै उनी प्रत्यक्ष शासन गर्न थाले ।अति गरे खति हुन्छ भने झै यीनकै सत्ता मोहले शाह वंशीय परम्परा समाप्त भयो ।उनको महामुर्ख कदमपछि दलहरू सडकमा झरे।उनको कु विरूद्ध तत्कालीन सात दल संघर्ष गरिरहे। जब यो आन्दोलनमा मा ओ वादी मिसियो।तब मुलुक गणतन्त्रको यात्रामा हिड्न थाल्यो। राजतन्त्र विरू्द्ध ठूलो शक्ति संचय भयो। सातदल र मा ओ वादीबीच धेरै विमतिहरू थिए। तर,निरंकुश राजतन्त्र विरू्द्ध उनीहरू एकमत हुदै गए ।
अर्कोतिर तत्कालीन शाही राज्य सत्ता र माओवादीको बन्दुकको मारमा जनता थिए। हर दिन नेपालीहरू मारिरहे।माओवादी हिंसा र राज्यको स्वयत आतंकले मुलुक जर्जर बनिरहेको थियोे ।यसैबीचमा २०६२ मंसिर ७ मा सात दल र माओवादीबीच १२ बुँदे सहमति भयो ।यश सहमति बाह्य शक्तिको स्वार्थ र प्रभाव पनि थियोे ।यही संकटमा उनीहरू खेल्न पाए।जसको परिणाम जनताले गणतन्त्र मात्रै चाहेका थिए।तर,संघीयता र धर्म निरपेक्षता समेत संविधानमा घुसाइयो।यो आफैमा गलत थियोे भन्ने कुरा प्रमाणित भएको छ।
नयाँ संविधान बनेर कार्यान्वयन भएको करिब ९ वर्ष भैसकेको छ।राज्य पुनर्संरचनापछि जनतामा नयाँ आशा र अपेक्षा थियोे ।तर,,करिब १ दशकको यो अवधि राजनीतिकरूपमा अविस्मरणीय भएपनि शासकीय रूपमा भ्रष्ट ,कुशासन र विकृतिको उपज बन्यो।उन्नत व्यवस्था भए पनि नालायक व्यवस्थापक हुँदा गणतन्त्रमाथि प्रश्न उठेको हो। जनताले इमानदार नेता खोजेका हुन्। गणतन्त्रको विकल्प गणतन्त्र रोजेका हुन्।तर,कुनै रूप विरूपका राजतन्त्र होईन।त्यसैमा पनि वीरेन्द्रको वंश नाशपछि राजसंस्था प्रति जनताको कुनै विश्वास र आस्था भएको देखिन्न। केही मानिसहरूले भ्रम छरिरहेका छन् ।आईतबार राजधानीमा पूर्व राजा शाहको समर्थनमा मानिस सडकमा आए। यो कुरा सत्य हो।यति मान्छे सडकमा आउनु स्वभाविक छ। यो नेपाली समाजको स्वभाव हो ।यस्तो भीड भित्र राजावादी भन्दा बढी गणतन्त्रवादी थिए। उनीहरू गणतन्त्रवादी भएर पनि शाहको स्वागतमा पुगे।राजसंस्था सत्ता होईन, श्रद्धा पनि हो।यहीँ भीड हेरेर व्यवस्था उल्टिन्छ भन्ने तर्क आफैमा गलत छ।राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्,”ज्ञानेन्द्र शाह ईतिहासकै महामूर्ख हुन्। जसले संवैधानिक दायर मिचेर स्वेच्छाचारी सत्ता चलाए।त्यसैका कारण शाह वंश सदाका लागि अन्त्य भयो।अहिले फेरि राजसंस्था भन्दै लोभ गरिरहेका छन् ।जुन आफैमा गलत छ।”
यसमा विशेषगरी पाँच कारण देखिन्छन् ।
पहिलो संविधानले ज्ञानेन्द्र शाहलाई नागरिकको रूपमा मात्रै चिन्छ।दोश्रो,जनताले गएको उपनिर्वाचनको मतमा गणतन्त्रवादीलाई मत दिए।लिङ्देनहरूले एउटा वडा पनि जित्न सकेनन् ।गएको निर्वाचन भन्दा उनीहरूको जनाधार खस्किएको देखियो।
तेस्रो,अन्तर्राष्ट्रिय शक्तिको समर्थन ,उनी मठ मन्दिर दर्शन गरेको भीडलाई अन्तर्राष्ट्रिय समुदायले पत्याउन्न। प्रजातान्त्रिक मुलुकमा उनीहरू अमूक पात्रलाई साथ दिन्नन्।
चौथो कुरा,यो भीड जम्मा गर्न प्रसाईले लामो समयदेखि मेहनत गरेका छन् ।काठमाडौं १५ हजार मानिसको लावालस्कर देखिनु नौलो कुरा भए ।त्यसैमा हिजो पञ्चायतदेखि दरबारको सेवा चाकडी गरेका,पूर्व कर्मचारी पुलिस सेनाको भीड हो।
र पाँचौ कुरा,उनी निकै विवादास्पद पात्र हुन्।उनको छवि राम्रो छैन।एक सफल व्यापारी भएपनि सबै जनताको साझा बन्न सक्ने योग्यता उनको छैन।यी सबै कुरा स्वयं शाहलाई थाहा छ।यसर्थ प्रसाईं,लिङदेन,मिश्र र शाहीहरूले सडक र सञ्जालको भीड देखाएर व्यवस्था फर्काउछौ, भन्नू राजनीतिक मूर्खता हो, भने,राजसंस्था फर्किहाल्ला कि भनेर लोभको भाँडो देखाउनु स्वंय शाहको महामुर्खता हो।