३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

भारतबाट विद्युत आयातमा कटौती, शुक्रबारदेखि १५ घण्टा मात्रै आयात


१८ बैशाख २०८२, बिहिबार  



सुक्खायाममा भारतबाट आयात हुने विद्युत को समय थप एक घण्टा घटाइएको छ। पहिले १६ घण्टा आयात हुँदै आएकोमा अब शुक्रबारदेखि १५ घण्टा मात्रै विद्युत आयात हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म ९सोलार आवर० र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न पाइने प्राधिकरणले जनाएको छ। भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर लाइनबाट ६ सय मेगावाट बिजुली दैनिक १५ घण्टा आयात गर्ने अनुमति दिएको हो।

यसअघि टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिइएको छ। प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्दै आएको छ।

गत मंसिर हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ गतेसम्म दिनको २० घण्टा र चैत ३ गतेदेखि सौर आवर ९बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म० मात्रै आयात गर्ने अनुमति दिएको थियो।

गत चैत १५ पछि दैनिक १६ घण्टा बिजुली आयात हुँदै आएको थियो। बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात गरिँदै आएको थियो।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ५ : ४० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित