रसुवा – नुवाकोट पर्यटन समाज र बागमती प्रदेश,संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा साहसिक पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल -रनको आयोजना गरिएको छ।
साहसिक खेल प्रतियोगिताको माध्यमबाट पर्यटकलाई आकर्षित गर्न यस्तो कार्यक्रमको आयोजना भएको हो। बागमती प्रदेशको पहिलो र देशकै तेस्रो गन्तव्य मानिने लाङटाङमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको रसुवा -नुवाकोट पर्यटन समाजका अध्यक्ष बालाराम न्यौपानेले जानकारी दिए।
समाजका अध्यक्ष न्यौपानेका अनुसार औपचारिक कार्यक्रम यही जेष्ठ २४ गते क्यान्जिङ गुम्बामा आयोजना गरिएको छ। क्यान्जिङ गुम्बादेखि स्याफ्रुबेसीसम्म दौड हुनेछ । ३२ किलोमिटर दौडमा भाग लिन ८० खेलाडी सहभागी हुदैछन्।स्वदेशी तथा विदेशी खेलाडीहरूको सहभागितामा आयोजित कार्यक्रमका लागि काठमाडौबाट जेठ २० गते मंगलबार बिहान खेलाडी र पत्रकार त्यस तर्फ प्रस्थान गर्दैछन्।
कार्यक्रमकको खबर सम्प्रेषणको नेतृत्व लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानलले लिएको छ। प्रतिष्ठानमा आबद्ध विभित्र मिडियामा कार्यरत निर्देशक, सम्पादक, सम्वादाता, क्यामरापर्सनसहितको १५ जनाको टोली मंगलबार बिहानै लाङटाङ हिड्न लागेको प्रतिष्ठानका महासचिव सुदर्शन आचार्यले जानकारी दिए ।
कार्यक्रमको छाँयाकनसहित स्थलगत रिपोर्टिङको तयारी सहित पत्रकारहरू त्यसतर्फ जान लागेको महासचिव आचार्यले सरजु अनलाईनलाई बताए ।








