युवा नेतृत्व विकाससहितका विविध मुद्दासहित नेपालमा अन्तर्राष्ट्रिय युवा शिविर हुने भएको छ।
लाईन्स ईन्टरनेसनल अन्तरगतकाे लियाे डिस्ट्रिक काउन्सिल ३२५ एल नेपालले आगामी पुस १९ गतेदेखि २१ गतेसम्म चितवनको साैराहमा हुने भएको हाे।
मंगलबार मिड भ्याली ईन्टनेसनल कलेजमा पत्रकार सम्मेलनमार्फत कार्यक्रम आयाेजना गरिएकाे जानकारी गराईएकाे हाे।

विशेषगरी युवा नेतृत्व विकास,क्षमता विकास ,पर्यावरण ,सामाजिक जागरणमा युवा सहभागीता गराउने उदेश्य शिविरकाे रहेको छ।
सामाजिक भावनाकाे विकास गर्दै युवालाई पर्यावरणीय मुद्दामा समाहित गर्न गरि कार्यक्रम अघि बढाईएकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराईएकाे छ।
शिविरमा ६० जना छनाैटबाट ताेकिनेछन्। विश्वभरबाट १५ सय युवाहरूले आ वेदन आउने अपेक्षा गरिएकाे छ। छनाैटमा छात्रवृत्तिकाे समेत व्यवस्था गरिएको छ।
साैराहमा आ याेजित कार्यक्रम तीन दिनसम्म चल्नेछ । कार्यक्रममा छनाैट भएका युवाहरू प्रशिक्षित गरिनेछ ।
यश शिविरमा १८ देखि ३० वर्षकाे उमेर समूहले मात्रै आवेदन गर्न पाउनेछन् ।अनलाइन माध्यमबाट उनीहरूकाे आवेदन लिइने आयाेजकले बताएको छ।युवामा सिर्जनात्मक र जिम्मेवारीप्रति अभिप्रेरित गर्न कार्यक्रम आयाेजना गरिएको पनि बताइएको छ।