पश्चिम धवलागिरीको उप-हिमश्रंखलामा पर्ने सिस्ने हिमाल रूकुम पूर्वमा पर्दछ।समुद्री सतहदेखि ५ हजार ९११ मीटर अग्लो यश हिमालको आधार मानेर सिस्ने राउन्ड पदमार्गको निर्माण थालिएको छ।

पर्यटकीय सम्भावना प्रचुर भएपनि पूर्वाधार र प्रवर्द्धनका काम पर्याप्त नहुँदा यश क्षेत्र पर्यटन बजारमा त्यति खपत हुन सकेको छैन। यद्यपि पछिल्लो समय नयाँ पदमार्ग निर्माण गर्न सरकारले बजेट विनियोजन गरेपछि पदमार्ग निर्माण थालिएको हो ।
मुलुककै कान्छो जिल्ला रूकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा पर्ने द्वारी हिमालको पुर्मुली पाटनदेखि नौ दह, सिस्ने बेस क्याम्प हुँदै गुप्तादहसम्म पुग्ने गरिी नयाँ पर्यटन पदमार्ग ‘सिस्ने राउण्ड’ निर्माण कार्य सुरु गरिएको हो।

प्राकृतिक विविधता र सांस्कृतिक विशिष्टताले निकै सुन्दर यश क्षेत्र पर्यटनको भर्जिन गन्तव्य पनि हो। यश स्थान पर्टकीय गतिविधि बढाइ पर्यटन बजारसम्म पहुँच विस्तार गर्न सिस्ने हिमाल र गुप्तादहसम्म पुग्नको लागि पदमार्ग निर्माणमा सरकारले ५० लाख रूपैयाँ खर्चिन लागिएको हो।
चालू आर्थिक वर्ष २०८/र०८२ मा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन पूर्वाधार विकास कार्यक्रममार्फत विनियोजित ५० लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण कार्य अगाडि बढाइएको हो।

यही आर्थिक वर्षमा सिस्ने गाउँपालिका वडा नम्बर २ को नेटापार्कदेखि छिपखोला हुँदै तासुक्वारासम्मको गुरिल्ला ट्रेल निर्माणका लागि पनि ७५ लाख रुपैयाँको बजेटमा ठेक्का आह्वान गरी काम सुरु गर्ने तयारी गरिएको छ।
यसअघिको आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको बजेटमा पुर्मुली लेक क्षेत्रमा एक वटा पाहुना घर निर्माण गरिएको थियो।यहाँ तीन वटा काठेपुल समेत निर्माण भइसकेका छन्।यश क्षेत्रमा ६ वटा पदमार्ग बन्दैछन्।त्यसका लागि ३ करोड तीन लाख बजेट प्रस्ताव गरिएको छ।

पदमार्ग निर्माणपछि यश क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नेछ छ। ग्रामीण पर्यटनको राम्रोसँग विकास गर्न सके यश क्षेत्रमा विदेशदेखि शहरका पाहुनालाई पुर्याउन सकिन्छ ।
मुलतः रैथाने संस्कृति र परिकारको साथै अतिथि सत्कारमा विशेष ध्यान दिन जरुरी छ। प्रकृतिको अनुमप छटासंगै ग्रामीण जीवनमा रमाउन चाहानेहरू धेरै छन् ।
शहरको उकुसमुकुसबाट मुक्ति खोज्नेहरू यस्ता अद्वितीय सुन्दर ठाउँमा भ्रमण गर्न चाहान्छन्।त्यसका लागि ग्रामीण पर्यटनको शिक्षा दिन उत्तिकै जरुरी छ। यस्ता भर्जिन गन्तव्यको दीगो पर्यटन विकासका लागि पर्यावरण मैत्री विकास र व्यवहारमा ध्यान दिन सके यश क्षेत्र मुलुक नमुना गन्तव्य बन्न सक्थ्यो कि ?