तनहुँकाे आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको हो । बसमा सवार ११ जनाकाे बेपत्ता भएका छन् ।१४ जनालाई उद्दार गरिएको छ भने अरूको उद्दार तथा खाेजी कार्य भईरहेकाे प्रहरीले बताएको छ।
पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।