३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सेभेन स्टार टेलिभिजन अध्यक्ष काफ्लेले गरेनन् पत्रकारको तलब भुक्तानी, माग्दा उल्टै धम्की


१९ चैत्र २०८१, बुधबार  


सेभेन स्टार टेलिभिजनका सञ्चालक सुरेश काफ्लेले टेलिभिजनमा काम गरे बापत पत्रकारहरूको तलब दिएका छैनन् ।

तोकिएको समयमा तलब नदिएपछि गएको असार ९ मा टेलिभिजनमा कार्यरत पत्रकारहरूले सामूहिक राजिनामा दिएका थिए। पत्रकार र व्यवस्थापनबीच तलब भुक्तानीको विषयमा सहमति भए पनि उनले अनेकन बाहनाबाजी गरेर नौ महिनादेखि झुलाउँदै आएको पीडित पत्रकारहरू बताएका छन् ।

सम्झौता अनुसार तलब भुक्तानी गर्न पटकपटक आग्रह गर्दा सञ्चालक काफ्लेले उल्टै धम्की दिने गरेको पनि उनीहरूले बताएका छन् ।


यता सञ्चालक सुरेश काफ्लेले थोरै बाँकी हुन सक्छ भन्दै आफूलाई सबै विवरण थाहा नभएको बताएका छन् । “मलाई सबै विवरण थाहा भएन।तर,हल्ला गरिए जस्तो बक्यौता धेरै छैन”,उनले भने

आफुलाई कांग्रेस नेता समेत दाबी गर्ने टेलिभिजन सञ्चालक काफ्लेले पटक- पटक पारिश्रमिक उपलब्ध गराउने प्रतिवद्धता गरेपनि अझैसम्म भुक्तानी नगरेर आलटाल गर्दै आएका छन् ।

पत्रकारहरूलाई चेक दिएपनि खातामा व्यालेन्स नभएपछि रित्तो हात फर्किनु परेको पीडित पत्रकारले बताएका छन् । कुमारी बैंकको चेक दिएपनि खातामा रकम नहुँदा रित्तो हात फर्कन परेको उनीहरूले बताएका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ८ : ४२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित