३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

प्रधानमन्त्री ओली विरूद्ध मेयर बालेनकाे कडा टिप्पणी


१६ भाद्र २०८१, आइतबार  


काठमाडौका मेयर बालेन साहले प्रधानमन्त्री केपी ओलीकाे कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटलेस लेख्दै उनलेे नाबालिका बन्दी बनाउने एमाले प्रदेश सांसद रेखा शर्मालाई कारबाही किन नगर्ने भन्दै टिप्पणी गरेका हुन्।

मेयर बालेन सञ्जालमा लेख्छन् , “उहाँ सांसद रेखा शर्मा , वहाँले बिगत ८ वर्षदेखि बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट पनि गर्दै आउनु भएको छ । काठमाडौं महानगरले बिगत २ महिना देखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।कहिले समाउने ?? कि नसमाउने ?”

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित