दाङकाे बंगलाचुली गाउँपालिकामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।
उनका अनुसार चुनढुँगा ढुवानीका लागि जानेक्रममा दुर्घटना भएको हाे । टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।