३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

असिफ सेफ, ‘आइएमई पे’को ‘ब्राण्ड एम्बेसेडर’


२६ मंसिर २०८१, बुधबार  



नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ले क्रिकेटर खेलाडी असिफ सेफलाई ‘ब्राण्ड एम्बेसेडर’घोषणा गरेको छ। नेपालको राष्ट्रिय क्रिकेट टीममा बाँया हाते विकेट किपर/ब्याट्स् म्यानको रुपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। सानै उमेरबाट क्रिकेट खेलमा प्रवेश गरेका उनले थुप्रै कीर्तिमान हासिल गरेका छन् ।


उनै क्रिकेटरप्रतिको अभूतपूर्व समर्थनलाई कायम राख्दै खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुने आइएमइ पे’बाट जारी विज्ञप्तिमा भनिएको छ। यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसंग जोड्ने महत्वपूर्ण कदम हुने विज्ञप्तिमा उल्लेख छ। आइएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले सो कुरा जारी विज्ञप्तिमार्फत बताएका छन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई पे डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वर्धित आइएमई पे मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा हो । नेपाल राष्ट्र बैकको भुक्तानी तथा फच्र्यौट विनियमावली २०७२बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।


आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्यहरु गर्न सक्छनेछन्। यसले व्यक्ति व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाईन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयहरुका बील भुक्तानी गर्नेसम्मका सेवा दिने गर्दछ।
यस मोबाइल वालेटमा व्यवाज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुविधा उपलब्ध छ। आइएमइ डिजिटल सोलुसन लिमिटडेले बैकिङ सुविधाबाट वञ्चित नेपाल तथा न्यून बैकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहँुच उपलब्ध पुराएर वित्तीय समावेशीकरणमा योगदान दिने लक्ष्य लिएको छ। २० लाख बढी ग्राहकलाई सिधै मोबाइल वालेट एम तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रादन गर्न सफल भएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ४६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित