३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

आइएमई खल्ती लिमिटेडको आजदेखि एकीकृत काराबोर शुरू


२ श्रावण २०८२, बिहिबार  


आइएमई पे र खल्ती बीच मर्ज भएपछि आज साउन १ गतेका दिन औपचारिक कार्यक्रम गरि एकीकृत कारोबारको शुभारम्भ गरिन लागिएको छ।

नेपालका दुई ठूला डिजिटल भुक्तानी सेवा प्रदायकहरू आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्राइभेट लिमिटेड (खल्ती) मर्जरपश्चात बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ ले आज साउन १ गते बिहीबारदेखि एकीकृत कारोबार सुरु हुन लागेको हाे।

नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै दुई कम्पनीले एकीकृत कारोबारको मिति तय गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले गएको ४ असार र कम्पनी रजिष्ट्रारको कार्यालयले १२ असारमा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

दुवै कम्पनीले संयुक्त रूपमा जारी गरेको सूचनाअनुसार, खल्ती प्राइभेट लिमिटेडको सम्पूर्ण सम्पत्ति तथा दायित्व आइएमई डिजिटल सोलुसन लिमिटेडले सकार्ने गरी मर्जर प्रक्रिया टुङ्गाइएको थियोे ।

मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३, पानीपोखरीमा रहकाेछ ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  ६ : ४६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित