माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल, घोराही, दाङले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा आर्थिक सहयोग गरेको छ।
बोर्डिङ स्कुलले प्रधानमन्त्री राहत कोषमा तीन लाख ५१ हजार ४७५ रूपैयाँ सहयोग गरेको हो।
रसुवा बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल, घोराही, दाङका शिक्षक, कर्मचारी तथा विद्यालयको तर्फबाट सहयोग गरिएको हो।
प्राकृतिक विपत्तिबाट प्रभावित तथा पीडित परिवारहरूको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मानवीय सहयोगको भावना अभिवृद्धि गर्न विद्यालय परिवारले सहयोग गरेको हो।
विद्यालय परिवारले यस विपद्बाट प्रभावितप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनीहरूको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने पनि कामना गरेको छ।








