
दक्षिण एशियाली मुलुकमा शासकहरू लखेटिएका उदाहरणहरू मध्य पछिल्लो पात्र हुन् बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना। यसअघि २०७९ असारमा श्रीलंकाका तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्ष कुर्सीबाट लखेटिएका थिए,जनताले उनको पुस्तेनी सत्ता महल कब्जा गरेका थिए।विशेषगरी परिवारवादकै कारण उनीहरूको राजनीति समाप्त भएको थियोे ।त्यसको पछिल्लो संस्करण हो, बंगलादेशको सडक विद्रोह । जुन मुलुकसंग नेपालको सिमाना नजोडिएपनि असल मित्र राष्ट्र हो,बंगलादेश ।सन १९७१ मा पाकिस्तानबाट अलग भए यता परिवार र प्रतिशोधको घनचक्करमा चल्दै आएको थियोे,बंगलादेशको सत्ता (राजनीति ।जुन अब पनि त्यसैगरी चल्ने देखिन्छ ।बहुमत प्राप्त भए पनि शेख हसिनालाई उनकै जनताले सडकबाटै लखेटे र उनी भारतमा निर्वासित भईन्।विश्व मै धेरै अवधिसम्ममा सत्तामा रहेकी उनी आफ्नै आसेपासे कार्यकर्ता र परिवार पोस्दा विरासतको राजनीतिमा पूर्णविराम लगभग लाग्यो।
हसिनाको जे जस्तो हालत भयो ,त्यो सम्भावना नेपालमा पनि छ, या छैन भन्ने बहस शुरू भएको छ।संसारमा जब कुनै पनि शासक निरंकुश र तानाशाहसंगैे सिमित वर्गको घेरामा संकुचित हुन्छ ,तब त्यस्ता शासकहरूको दिन चाडै समाप्त हुन्छ भन्ने कुरा अफगानिस्तान, श्रीलंकाहुँदै बंगलादेशसम्म आइपुग्दा प्रमाणिात भैसकेको छ।व्यवस्था लोकतान्त्रिक भएपनि शासक अलोकतान्त्रिक र निरंकुश भएर उदायो भने बंगलादेशको जस्तो नियति जोकोहीले पनि भोग्नुपर्छ।यसमा विशेषगरी भ्रष्टाचार कुशासन ,परिवारवाद,पुस्तेनीवाद,एकमनावाद र दलीय निरंकुशताकै परिणाम राजनीतिक उथलपुथल र प्रलय हुने गरेका छन् ।जुन विद्रोहको आगोको झिल्कोको नेपालमा सम्भावना उत्तिकै देखिन्छ ।यद्यपि बंगलादेशमा भएको विद्रोहको नेतृत्व कसले गर्यो र सत्ता उलटपुलट भन्ने खासै पात्र देखिएनन् ।विद्यार्थी आन्दोलन चर्कियो,हसिना सत्ताबाट लघारिईन् र सेना अघि सर्यो ।यसले आन्दोलन पछिको परिवर्तनको नेतृत्व भेटाउन नसके त्यो निर्थक पनि हुन सक्छ । तैपनि यो विद्रोहलाई कम मान्न भने सकिन्न ।
आर्थिक विकासमा बंगलादेश अघि छ, एशियन टाईगरुको रूपमा उदाएको बंगलादेशको अबको आर्थिक विकासको मेलो कता जान्छ यसै भन्न त सकिन्न ।तर,हसिना सरकारले विश्व मानचित्रमा बंगलादेशलाई एउटा इमर्जिङ कन्ट्रीको रूपमा पुर्याईन्।उनको योगदानलाई कम भन्न सकिन्न ।तर, शासकीय निरंकुशता ,सामाजिक विभेद,जातीय र साम्प्रदायिक मुद्दा ,लैगिक विभेद, आर्थिक विभेदले जकडिएको बंगलादेशमा अन्ततः पटकपटकको विद्रोहको कोशीसले हसिनालाई सत्ताबाट धपायो।
हो, हाम्रो अवस्था पनि बंगलादेश देशसंग मिल्दोजुल्दो देखिन्छ । हाम्रो देशमा भ्रष्टाचारका काण्ड धेरै छन् ।संसदमा पुगेका अधिकांश कुनै न कुनै अभियोगबाट डामिएका छन् ।नेपालका चर्चित घोटालामा स्वंय प्रधानमन्त्री ओलीदेखि देउवा र प्रचण्ड छन । २०६२र६३ यता निरन्तर सत्तामा उनीहरू दोहोरिरहेका छन् ।पार्टी कब्जा गरेका उनीहरूले आफ्नै मनमौजीमा पालैपालो सत्ता चलाइरहेका छन् ।जनता वाक्कदिक्क भाछन्।जनस्तरमा आक्रोश र असन्तुष्टि हर दिन चुलिदो छ।प्रदेशमा सरकार फेरबदल र मन्त्री भर्ती बाहेक केही उपलब्धि देखिन्न। सिमित समूहले सत्ताको चास्नी लिइरहेको छ।
जनता सडकमै गरिबी अभाव र विपन्नताले मर्ने अवस्थामा छन् ।भ्रष्टाचार नभएको कुनै स्थान छैन।सिँहदरबारदेखि वडासम्म भ्रष्टाचारको जालो फैलिएको छ।जनता ३ सय प्रतिशत कर तिर्न बाध्य छन् । यही कर तिर्न तीन दिन लाइनमा बस्नुपर्ने कहर छ। युवा पलायन डरलाग्दोे छ। देशमा भविष्य नेदेख्नेहरु निराश भएर देश छोडिरहेका छन्।ठूला घरानाको विद्युत महशुल नलिनु भन्छ सरकार ।जनता शुल्क नतिरे अध्यारोमै बस्न विवश छन् । गाउँ गाउँ भ्युटावर छन् ।तर, गाउँ बस्ती रित्तिएका छन् । खेतबारी बाँझै छन् ।गरिबीको दुष्चक्र भयानक छ।शासकहरू बाँसुरी बजाएर सत्ता रमिता देखाएका छन् ।पालैपालो तीन भाइले सत्ता चलाईराछन्।नक्कली भुटानी शरणार्थी काण्डदेखि स्काउट जग्गा खानेहरू मन्त्री छन् ।यस्तो कहालिलाग्दो अवस्था छ,देशको ।
जनताको मनोविज्ञान पोखरीको पानी जस्तो छ।असन्तुष्टि र आक्रोश पानी झै जमेको छ।यसैको दुरुपयोग शासकहरुले गरिरहका छन्।जब शक्ति सञ्चयको रुपमा यो जमेको पोखरीमा विद्रोहको सुनामी आउँछ तब यी अक्षमहरु ,जो दोहोरो तेहेरो सत्तामा पुगेर मस्ती गरेका छन्। तिनीहरूको राजनीतिक जीवनमा शेख हसिनाको जस्तै ठूलो ग्रहदशा लाग्ने दिन छिट्टै आउने देखिन्छ । मात्रै कहिले र कुन मितिमा भन्ने हो। असन्नुष्टि र आक्रोशलाई सम्बोधन गर्न काबिल नेतृत्व आयो भने नेपालमा पनि बंगलादेशको जस्तै सडक विद्रोह अवस्य हुनेछ । त्यो अब पर्खाइको विषय बनेको छ।