विक्रम सम्वत २०२४ साल माघ ७ गते आजैका दिन कृषि विकास बैंक लिमिटेडको स्थापना भएको थियो । बैंकले आफ्नो स्थापना दिवसको अवसर पारेर केन्द्रीय कार्यालयमा विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा भव्य कार्यक्रम पनि आयोजना गरेको छ।
कृषि क्षेत्रको उन्नति र प्रगति गर्ने उदेश्यले यस बैंकको स्थापना भएको थियो । प्रारम्भमा ५ करोड अधिकृत पूँजीबाट स्थापना भएको यस बैकको यतिबेला जारी पुँजी करिब १९ अर्बको हाराहारीमा पुगेको छ। देशभर २८१ शाखा, प्रदेशमा १० वटा र चार तालिम केन्द्र भएको यस बैकमा २५ सय कर्मचारी कार्यरत छन्। यीनै कर्मचारी मार्फत यस बैक खेतदेखि जेटसम्म पुगेको छ।
बदलिदो परिस्थिति अनुसार बैकले आफ्नो क्षेत्र र दायरा फराकिलो बनाएको छ। सरकारको ५१ प्रतिशत र ४९ प्रतिशत सर्वसाधारण शेयर भएको यस बैक लिमिटेडको रुपमा विकास भएको छ। हाल कृषि विकास बैंक लिमिटेड, पब्लिक लिमिटेड कम्पनीका रूपमा कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको र नेपाल राष्ट्र बैंकबाट २०६३ देखि ‘क वर्ग वित्तीय संस्था’ को इजाजतपत्र प्राप्त संस्थाका रूपमा सञ्चालन हुँदै आएको छ ।
स्थापनाकालदेखि नै कृषि विकास बैंकले मुलुकका प्रमुख ग्रामीण क्षेत्रमा ऋण प्रवाह गर्ने संस्थाका रूपमा काम गर्दै आएको छ । करिब ६ दशक लामो गौरवमय इतिहास बोकेको यस बैक मुलुककै अग्रणी वाणिज्य बैक हो । यस बैकसंग २० लाख बढी ग्राहक जोडिएका छन्। यस बैकले प्रवाह गरेको कुल कृषि कृषि क्षेत्रमा करिब ३५ प्रतिशत लगानी गरेको कृषि विकास बैक लिमिटेडको आज ५८ औ स्थापना दिवस भव्य कार्यक्रम गरी मनाइदै । कर्जा मध्य झण्डै दुइ खर्ब कृषि कर्जाको रुपमा गएको छ।
५८ औ स्थापना दिवसको अवसर पारेर बैंकले विविध कार्यक्रहरुको आयोजना गर्दै आएको छ स्थापना दिवस आज केन्द्रीय कार्यालयमा विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा भव्य कार्यक्रमको पनि आयोजना भएको बैकले बताएको छ।
यस बैकले अउदो पाँच वर्षका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरे अघि बढ्दैछ। बैंकिङ क्षेत्रमा देखिएका चुनौतीलाई मध्यनजर गरी बैंकिङ प्रविधिमा भइरहेको विकासलाई आत्मसात् गर्दै ग्राहकलाई नवीनतम् प्रविधिको प्रयोगबाट छिटोछरितो बैंकिङ सेवा प्रदान गर्नु हो । मानव संशाधन, बैंकिङ प्रविधि, व्यावसायिकता, ग्राहक सेवा पालनामा समयसापेक्ष रूपान्तरण गरी व्यावसायिक लक्ष्य हासिल गर्ने हो ।