२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

रूपाकाेट रिसोर्टमा यति एयरलाइन्ससंगकाे सहकार्यमा एक जाेडीलाई १७ हजारमा सेवा !


४ पुस २०८१, बिहिबार  


पर्यटकीय नगरी पाेखराकाे रूपाकाेट मनै लाेभ्याउने छ। मनाेरम र सुन्दर रूपाकाेटमा सञ्चालित रूपाकाेट रिसोर्टले धेरै विदेशी तथा स्वदेशी पर्यटकलाई भरपूर सेवा दिईरहेकाे छ।

यसै अवसरमा रिसोर्टले हवाई सेवासहित दुई तर्फी दुईजना अर्थात जाेडीलाई १७ हजार एक रात बसाइँकाे सहुलियतमा सेवा दिइरहेको छ।

यति एयरलाइन्ससँगकाे सहकार्यमा रिसाेर्टले यस्तो सेवा दिन लागेको हाे। पोखराको रुपाकोट रिसोर्टले २ जनालाई दुईतर्फी उडान र एक रात बस्नेसहितको यस्तो प्याकेज दिएको हाे ।

रुपाकोट रिसोर्टले यही डिसेम्बरसम्मका लागि १७ हजारमा र जनवरी २०२५ देखि १८ हजार ५ सय रुपैयाँको प्याकेज दिएर पर्यटकीय सेवा दिने भएको हो ।

रुपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारीका अनुसार काठमाडौं–पोखराको दुईतर्फी टिकेटसहित रुपाकोट रिसोर्टमा २ जनालाई एक रात बस्ने र ब्रेकफास्ट दिने गरी प्याकेज बिक्री भइरहेको छ ।

हाल डिसेम्बरसम्मका लागि १७ हजारमै पाइने यो सुविधा जनावरी लागेपछि भने १८ हजार ५ सय पुग्नेछ । रुपाकोट रिसोर्टले १० औं वार्षिकोत्सवको अवसरमा पर्यटकीय सेवा र सुविधामा यति एयरलाइन्ससँग सहकार्य गरेर प्याकेज सुविधा दिएको अधिकारी बताउँछन् । उनकाअनुसार यो प्योकजबाट अहिले नै ५० कोठा बुक भइसकेको छ भने १०० जनाले सेवा लिइसकेका छन् ।

‘होटलको दरमा एक हजारदेखि १५ सय छुट दिने र एयरलाइन्सले पनि छुटसहिटको टिकट दिएर आगामी मार्चसम्मको लागि यो सुविधा दिइएको अधिकारी बताउँछन् ।

पर्यटकीय सेवा र सुविधामा केन्द्रित रुपाकोट रिसोर्टले २६ डिसेम्बरमा मनाउँदै गरेको १० औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई सुविधा दिइएको हाे।

यति एयलाइन्ससँग पहिलोपटक सहकार्य गरेर रुपाकोट रिसोर्टले यो सुविधा दिएको हो।

यस्तो प्याकेज सुविधाले एयरलाइन्सलाई माइलेज दिन्छ भने रिसोर्टको पनि प्रवर्द्धन हुने छ ।

एयरलाइन्ससँगको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि केही न केही गर्नुपर्ने भनेर प्रवर्द्धनात्मक काम गरिएको अधिकारीको भनाइ छ ।

होटलले आगामी २६ डिसेम्बरमा वार्षिकोत्सव मनाउँदै छ । यस कार्यक्रममा भारत उत्तर प्रदेशका अध्यक्ष सतीश महाना सहभागी हुँदैछन् । उनको उपस्थितिमा रुपाकोट रिसोर्टले वार्षिकत्सव भव्य बनाउने सञ्चालक अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ५ : ५० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित