१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

त्रिविका उपप्रध्यापक चलाउनेलाई कुट्ने नेविसंघकाे नेता रावल जेल चलान


९ चैत्र २०८१, आइतबार  



त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता योगेन्द्र रावल जेल चलान भएका छन् ।

सीआईबीले  रावललाई कीर्तिपुरबाट पक्राउ गरिएको बताएको छ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी सुधीर राज शाहीले रावललाई कीर्तिपुरबाट पक्राउ गरेको जानकारी दिए।

पक्राउ लगत्तै उनलाई अदालत उपस्थित गराएर अदालतको आदेश अनुसार कारागार चलान गरिएको पनि एसपी शाहीले जानकारी दिए । उनले भने, ‘अदालतको आदेश अनुसार उहाँलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।’ 

२०८१ माघ २२ मा उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश सदर गरेर रावल सहितका प्रतिवादीहरूलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।  फैसलापछि नेविसंघका नेता रावल फरार थिए । 

नेविसंघमा आबद्ध रावल सहितका व्यक्तिहरूले २०७७ मा त्रिवि परिसरमा चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।तत्कालीन कांग्रेस मा ओ वादी गठबन्धनका कानुन मन्त्री धनराज गुरूङले मुद्दा फिर्ता लिएर संरक्षण गर्ने काेशीस गरेका थिए। सर्वत्र विराेधपछि उनीहरू मुद्दा चलाइएकाे हाे।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ७ : ५१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित