२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

झरीकाे ईपिसन्टर बागमती र गण्डकी प्रदेश, ललितपुरमा सबैभन्दा बढी वर्षा !


१२ आश्विन २०८१, शनिबार  



गएकाे बिहीबारदेखि परेकाे अविरल वर्षाले उपत्यका सहित देश जलमग्न भएको छ। झरीकाे तेस्रो दिनकाे ईपिसेन्टर बागमती र गण्डकी प्रदेश भएका छन् ।

पूर्वबाट सक्रिय हुँदै मनसुन मध्य नेपालमा शनिबार सक्रिय भएपछि यश क्षेत्र झरीकाे ईपिसेन्टर भएको हाे।

पछिल्लो २४ घण्टाकाे अविधिमा सबैभन्दा बढी वर्षा ललितपुरमा भएको छ। ललितपुरमा ३०४ मिलिमिटर पानी परेको छ, भने काठमाडौ १५६ मिलिमिटर पानी परेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ।

अत्यधिक वर्षाले उपत्यकाका नदी खाेलाका जल सतह खतराको संकेत पार गरेका छन् । नदी तथा खाेलामा आएकाे बाढीले सवारीसाधन बगाउनुका साथै घरमा बाढी पसेको छ। नदी तथा खाेला मिचेर बनाईएका संरचनामा बाढीले क्षति पुराएकाे छ।झरीका कारण आज पनि सडक तथा हवाइ यातायात प्रभावित हुने भएका छन् ।


विभागका अनुसार भाेलि आईतबारदेखि माैसम सफा रहने बताईएकाे छ। पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा प्रती घन्टा १२.८ मिलिमिटर, मकवानपुर, बारा, चितवनमा र सो वरिपरि २० देखि २७ मिलिमिटर प्रति घण्टाका दरले वर्षा भैरहेको छ भने पछिल्लो २४ घन्टाको वर्षा खतरा तह माथि छ । काठमाडौंको सिरानमा भन्दा ललितपुरमा बढी वर्षा भएको पछिल्लो रेकर्ड छ ।


शनिबार पनि गण्डकी र बागमतीमा दिनभरी मुसलधारे वर्षा जारी रहनेछ लुम्बिनी प्रदेश र मधेसमा मध्यम वर्षा हुनेछ । आज कोशीमा पनि मध्यम वर्षा , कर्णाली र सुदुर पश्चिममा हल्का वर्षाकाे प्रभाव मात्र हुने संभावना देखिन्छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ५२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित