नेकपा एमाले महासचिव शंकर पोखरेलले भारतले विजुली नदिएमा अहिले पनि लोडसेडिङ हुने बताएका छन् ।
उर्जा मन्त्री दीपक खड्काको बोलीमा लोली मिलाउँदै यस्तो बताएका हुन्र एमालेको भातृ संगठन प्रेस चौतारीको विराटनगरमा आयोजित दशौ अधिवेशनको उद्घाटन गर्ने क्रममा यस्तो बताएका हुन्।
कार्यक्रममा उनले अब पञ्चायतको समयमा देश फर्किन नसक्ने पनि बताएका छन्।प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधनका क्रममा उनले राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्विकार्न नसक्ने बताए।
उनले भने, ‘जनताको निराशालाई आधार बनाएर मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार्य छैन। राजाको शासनमा ३ खर्बको अर्थतन्त्र अहिले ५७ खर्बको भइसकेको छ। के यो गणतन्त्रको उपलब्धि होइनरु’
चीनमा कार्यकारी राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकाल र भारतमा मोदी पनि तेस्रो कार्यकाल नेतृत्वमा पुग्दा नेपालमा प्रधानमन्त्री र मुख्यमन्त्री कयौँ पटक आएरगएको उनको भनाई थियोे ।