४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

बैंकिङ क्षेत्रका अनुभवी ज्ञवाली बने, नबिल बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत


१४ पुस २०८१, आइतबार  



बैंकिङ क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् ।

अत्यन्तै सरल र मृदुभाषी स्वभाव भएका ज्ञवालीलाई बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो।

ज्ञवाली यसअघि नायब प्रमुख कार्यकारी अधिकृत पदमा थिए । ज्ञवालीसँगै अब नबिल बैंकमा दुई जना वरिष्ठ नायब प्रमुख कार्यकारी हुने भएका छन् । यसअघि नै सुजित कुमार शाक्य बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएका थिए । ज्ञवालीको बढुवासँगै अब बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा भुपेन्द्र पाण्डे मात्र रहेका छन् ।

ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर बाहिरिए पछि शुरूमा ज्ञवालीले नायब महाप्रबन्धक पदमा नबिल बैंकमा नियुक्ति लिएका थिए। २०७७ साल साउन २१ गते नबिल बैंकमा जागिर शुरू गरेका उनले शुरूवातमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी पाएका थिए। नायब महाप्रबन्धक पदमा नियुक्त भएको करिब १४ महिना पछि उनी २०७८ कात्तिक १ गतेदेखि उनी नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थिए ।

चार्टर्ड अकाउण्टेण्ट ज्ञवाली नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा सार्वजनिकरूपमा नै स्पष्ट दृष्टीकोण व्यक्त गर्न रूची राख्छन् । उनीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक  ,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक लामो अवधिसम्म काम गरेको अनुभव छ

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ५३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित