२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

टानद्वारा ल्होसार साँस्कृतिक कार्यक्रमको आयोजना


२६ फाल्गुन २०८१, सोमबार  


टानले ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटकीय आकर्षणलाई प्रवर्द्धन गर्न ल्होसार सांस्कृतिक कार्यक्रम गर्न लागेको हो।

पर्यटन प्रवर्द्धनका लागि पर्यटन क्षेत्रका सम्वद्ध संस्था तथा व्यवसायीबीच सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य रहेको छ।त्यसका लागि टानले संयुक्त ल्होसार साँस्कृतिक कार्यक्रम यही फागुन २८ गते राजधानीमा गर्न लागेको हो।

टानका अनुसार यही फागुन २८ गतेका दिन बुधबार काठमाडौंस्थित होटल याक एण्ड यतिमा कार्यक्रम आयोजना गरिएको हो।यश कार्यक्रममा प्रमुख अतिथि रूपमा गृह मन्त्री रमेश लेखकको उपस्थिति रहनेछ।

टानमा आवद्ध करिब २४ सय ट्रेकिङ एजेन्सीहरूको सहकार्यमा आयोजना गरिने यश कार्यक्रममा शेर्पा, गुरुङ, तामाङ, ह्योल्मो, दुरा, जिरेल, भोटे, वालुङ समुदायका साथै अन्य समुदायलाई समेत समेट्दै सांस्कृतिक पर्वको रूपमा मनाइने बताइएको छ ।

टानका अध्यक्ष सागर पाण्डेले संयुक्त लोसार साँस्कृतिक कार्यक्रममा विभिन्न समुदायका मौलिक संस्कृतिहरू झल्काउने नृत्य प्रदर्शन गरिनुका साथै लोसारको अवसरमा परम्परागत परिकारहरू प्रस्तुत गरिने पनि जानकारी दिए।

यसैगरी,नेपाल पर्यटन प्रवर्धनका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सङ्गै सबै सरोकारवालाहरुको सङ्ग सम्बन्ध प्रगाढ बनाउने उदेश्यको निम्ति कार्यक्रम आयोजना हुन गईरहेको टानका प्रचार-प्रसार प्रमुख सागर राईले बताएका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ५३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित