२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

पहिलो पटक शुरू भयो,व्यसायीक भवन व्यवस्थापन सेवा


१० भाद्र २०८१, सोमबार  


नेपालमा पहिलो पटक व्यवसायिक भवन व्यवस्थापन सेवा शुरू भएको छ। नेपाल भूमि रियल स्टेटले भवन व्यवस्थापन सेवा सुरुवात गरेको हाे। कम्पनीले पहिलोे पटक देशभर भवन र व्यावसायिक सम्पत्तिहरूको प्रभावकारी व्यवस्थापन गर्ने नयाँ तरिकाबाट सेवा शुरू गरेको कम्पनीका प्रबन्धक निर्देशक विक्रम लामाले बताए ।उनका अनुसार रियल स्टेटको  क्षेत्रमा यस नयाँ कार्यको  थालनीले  भवन र व्यावसायिक सम्पत्तिहरूलाई उच्च स्तरको व्यवस्थापन सेवाहरू प्रदान गरिने भएको छ  ।

 सम्पत्तिको वित्तीय व्यवस्थापन, आपतकालीन योजना, भरपर्दो सुरक्षा ,ग्राहकहरुको समस्या समाधानका लागि प्रभावकारी रुपले सेवा प्रदान गर्ने लक्ष्य रहेको ,कम्पनीले बताएको छ ।  
नेपाल भूमि व्यवस्थापनमा २५ वर्षको व्यवस्थापन अनुभव भएका विज्ञहरु समावेश छन् जसले रियल स्टेट र व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । व्यवस्थापनका अनुभवी टोलीले आधुनिक प्रविधिहरू र व्यावसायिक ज्ञान प्रयोग गरेर ग्राहकहरूको समस्याहरूको समाधान गर्दै आएको छ । विज्ञहरुको विशेषज्ञता र अनुभवले गर्दा ग्राहकहरूले विश्वसनीय र उच्च गुणस्तरीय सेवा प्राप्त गर्न दाबी गरिएको छ।


नेपाल भूमि रियल स्टेटको यो नयाँ पहल नेपालमा रियल स्टेट व्यवस्थापनको क्षेत्रमा एक नयाँ मापदण्ड स्थापित गर्नेमात्र होइन, व्यवस्थापनलाई पनि एक नयाँ दिशा दिने उदेश्य रहेको छ  । नयाँ सेवाको शुभारम्भसँगै, नेपाल भूमि रियल स्टेटले रियल स्टेट व्यवस्थापन क्षेत्रमा नवीनता र गुणस्तरको नयाँ अध्याय थपेको हाे।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ४ : ५४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित