३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

कर्णाली डेभलपमेन्ट बैंकमा करिब ५० हजार निक्षेपकर्ताको साढे पाँच अर्ब बचत रकम जाेखिममा ! 


११ पुस २०८१, बिहिबार  


नेपाल राष्ट्र बैंकबाट  समस्याग्रस्त घाेषणा गरिएको कर्णाली डेभलपमेन्ट बैंकमा करिब ५० हजार निक्षेपकर्ताकाे बचत रकम जाेखिममा परेको हाे।

राष्ट्र बैंकबाट व्यवस्थापनमा हस्तक्षेप गरिएकाे यश बैंकमा सर्वसाधारणको साढे पाँच अर्ब जाेखिममा परेको हाे। राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिईएकाे छ।

राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले कार्य प्रारम्भ गरेकाले निक्षेप भुक्तानीको कार्य स्थगित रहेको सूचना बैंकले टाँस गरेको थियोे ।सञ्चालकहरू बैंक व्यवस्थापनमा असफल भएपछि बचतकर्तालाई पिरलाे भएको छ।उनीहरू आफ्नाे बचत रकम लिन गएपनि पाएका छैनन् ।राष्ट्र बैंकले हस्तक्षेप गरेपछि कहिलेदेखि कारोबार शुरू हुन्छ र आफ्नो बचत रकम फिर्ता पाईन्छ भन्नेमा बचतकर्ता अन्योलमा परेका छन् ।

बैंककाे अनुमानित तथ्यांकले अनुसार कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा करिब ४० देखि ५० हजार बचतकर्ताहरू रहेका छन् । जसको करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत रहेको राष्ट्र बैंकको अनुमान छ।समस्याग्रस्त बैंकको व्यवस्थापन गर्न व्यवस्थापन समूहका संयोजक तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाले साढे पाँच अर्ब निक्षेप रहेको बताए । उनका अनुसार यस बैंकको झन्डै साढे तीन अर्ब बराबर खराब कर्जा छ । राष्ट्र बैंकको टाेलीले बिहीबारदेखि नै कामकाज सुरु गरेको छ । बिहीबार यस बैंकका शाखा कार्यालय र केन्द्रीय कार्यालयको स्थलगत अनुगमन पनि भएको थियोे ।

यस बैंकको खराब कर्जा नियन्त्रणबाहिर गएको र शंकास्पद कारोबार गरेको भन्दै नेपाल राष्ट्र बैंक सञ्चालक समितिले बुधबार समस्याग्रस्त घोषणा गरेको थियो ।

आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेपको दायित्व पूरा गर्न नसकेको, न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा राष्ट्र बैंकले संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । जसबाट बचतकर्ताको रकम जोखिममा परेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त यस बैंकका बाँके, बर्दिया र दाङ जिल्लामा शाखा कार्यालयहरू छन् । यसको केन्द्रीय कार्यालय नेपालगन्जमा रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ६ : ५४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित