राष्ट्रिय परीक्षा बाेर्डबाट भरखरै प्रकाशित कक्षा १२ काे नतिजामा पनि विश्व निकेतन माध्यमिक विद्यालय पहिलो भएको छ। विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी भएका १ हजार ११४ जना विद्यार्थीमध्ये ९८० जना विद्यार्थीहरूले कक्षा १२ उत्तीर्ण गरेका छन्। जुन परीक्षामा सहभागी परीक्षार्थीकाे ९० प्रतिशत हो।

विद्यालयबाट उत्कृष्ट नतिजा प्राप्त गर्नेहरूमा कानुनतर्फ प्रविना कँडेल ३.८८ जीपीए, विज्ञानतर्फ आकांक्षा स्याङ्बा ३.९५ जीपीए, व्यवस्थापनतर्फ प्रसेन्जित शाक्य ३.९५ जीपीए र मानविकतर्फ प्रमिला कुँवर ३.४८ जीपिए छन् । विश्व निकेतनबाट १६५ जनाले ३.६१-४.०० जीपीए, ४३१ जनाले ३.२१-३.६० जीपीए, ३२५ जनाले २.८१-३.२० जीपीए र ५६ जनाले २.४१-२.८० जीपीए प्राप्त गरेका छन् ।

माध्यमिक शिक्षा परीक्षामा पनि विश्व निकेतन उत्कृष्ट नतिजा हासिल गरेर पहिलो भएको थियोे । मावि निकेतन देशभरका सरकारी विद्यालयहरूकाे बीच २०७२ यता निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएकाे छ।आ फ्नै इतिहास ब्रेक गर्दै आ एकाे निकेतन हरेक वर्ष नयाँ रेकर्ड कायम गर्दै आएकाे छ।अभिभावकहरूकाे राेजाइमा पर्ने निकेतन देशको शैक्षिक सान र गाैरव भएको अभिभावक बताउँछन् ।










