४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

मनराे डक्ट्रिन र प्रभुत्वकाे पासाे


१ भाद्र २०८१, शनिबार  


के हाे, मनराे डक्ट्रिन ?
मनराे डक्ट्रिन त्याे हाे,जुन आज भन्दा २ सय वर्ष पहिले अमेरिकी सत्ताले अप्नाएकाे सामरिक रणनीति हाे। जसलाई मनराे डक्ट्रिन भनिन्छ ।यसका जन्मदाता हुन् ,अमेरिकी राष्ट्रपति जेम्स मनराे।उनलेे सन १८२३ मा युरोपेली साम्राज्यवादी शक्तिहरूलाई लक्षित गर्दै पश्चिमी गोलार्द्ध (उत्तर र दक्षिणी अमेरिका) मा हस्तक्षेप नगर्न चेतावनी दिएका थिए । त्यसलाई ‘मनरो डक्ट्रिन’ नाम दिइयो, जसलाई ‘अमेरिकी प्रभाव क्षेत्र’ सिद्धान्त पनि भनेर भनिन्छ । मनरो डक्ट्रिन’ युरोपेली साम्राज्यवादविरुद्ध अर्को उपनिवेशवादी घोषणा थियो । सुरुमा ‘मनरो डक्ट्रिन’ पश्चिमी गोलार्दमा भए पनि यसकाे विस्तार विश्वभर छ,भलै नाम फरक हाेला ।उदेश्य विश्व कब्जा गर्नु नै हाे। मनराे डक्ट्रिनकाे अभ्यास फाेकल्याण्ड आस्ल्याण्डमाथि बेलायतले उपनिवेश बनाएको सन्दर्भ हाे।जहाँ बेलायत र अर्जेन्टिनाबीच विवाद छ।सन १९८२ मा अर्जेन्टिनाले फाेकल्याण्ड टापु पुनः फिर्ता ल्यायाे। तर, फेरि बेलायतले कब्जा गर्याे।यद्यपि अमेरिकाले मनराे डक्ट्रिन प्रयोग गरेन यहाँ ।जबकि उसले अमेरिकी गाेलार्धकाे रक्षा गर्न भन्दै अघि सारिएको नीति हाे,याे।
यद्यपि अमेरिकाले मनराे डक्ट्रिनकाे युग समाप्त भयाे भनेर धेरै वर्ष अघि भनेको थियोे ।
कुरा हाे, सन २०१३ नोभेम्बरकाे। जतिबेला अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स बैठकमा तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरीले ‘मनरो डक्ट्रिन’ युग समाप्त भएको बताएका थिए । तर, मनराे डक्ट्रिनकाे विषय नेपालमा सन २०२४ मा निकै बहसमन छ। माेनराे डक्ट्रिनकाे जन्मदाता अमेरिका हाे । सन १८२३ मा अमेरिकन राष्टपति जेम्स माेनराेले युरोपेली साम्राज्यवाद विरूद्ध ल्याईएकाे नीति हाे।मनरोको कार्यकालताका अमेरिकी शक्ति पश्चिमी गोलार्द्धमा मात्रै सीमित थियो । हाल अमेरिकाले विश्व महाशक्ति अर्थात सुपर पावर भएको छ। अमेरिकी प्रभाव नभएकाे ठाउँ सायदै हाेला। उसले विश्वभर नियन्त्रण र निर्माणमा प्रभुत्व जमाएकाे छ। त्यसको गतिलाे उदाहरणकाे अस्त्र हाे, एमसीसी परियाेजना पनि । यस्तै आईपीएस र एसपीपी पनि उसका नीतिगत तथा रणनीतिक अस्त्र हुन्।यस्तै चीनले अघि सारेको ‘बीआरआई’ पनि विश्वव्यापी आर्थिक प्रभाव र निर्माणमा प्रभुत्व जमाउने भयङ्कर डरलाग्दाे नीतिगत हतियार हो । ‘एमसीसी’ र ‘बीआरआई’ यी दुबै शक्ति राष्ट्रहरूले गरिब र कमजोर देशमाथि प्रभुत्व जमाउने र कजाउने उदेश्यबाट निर्देशित छन् ।जुन नेपाल जस्ता मुलुकका लागि भूराजनीतिक दाँउपेज मात्रै हाेईनन् खतरनाक पासाे पनि हुन्। यी पासाेमा परेपछि कुनै पनि राष्ट्र उम्कन असम्भव छ। अहिलेकाे शक्ति सन्तुलन र असन्तुलनकाे चेपुवामा नेपाल छ। दुई जटिल पासाेकाे खतराबाट मुलुकलाई जाेगाउने क्षमतावान नेतृत्व पनि छैन, याे देशमा।बरू,कहिले चिनियाँ धुरी त, कहिले अमेरिकी धुरीमा उभिएको देखिन्छ । संयुक्त राष्ट्र संघको बडा- पत्र ,पञ्चशील सिध्दान्त र असंलग्न परराष्ट्र नीति गायत्री मन्त्र जस्तै हाे। शक्तिशाली धुरीहरूकाे दासत्व र प्रभुत्वबाट मुलुक स्वतन्त्र र सार्वभौमसत्ताकाे रूपमा उभ्याउन भन्दा उनीहरूकै पाउमा प्रणाम गर्ने नेतृत्व छ।यस्तो नेतृत्वबाट देशको सार्वभौमिकता र अखण्डताकाे रक्षा कदापि हुदैन ।कारण शक्ति राष्ट्रबाट पालनपाेषण र शिक्षा दीक्षा लिएकाहरू सत्तामा गए र सत्तारूढ फर्किए । यीनीहरूकाे अनुहार मात्रै फरक हाे। एउटै उदेश्यका लागि परिचालित पात्र हुन्,केपी,प्रचण्ड र देउवा।शक्ति राष्ट्रका गाेठालाकारूपमा परिचालित यीनकै मुठ्ठीमा सत्ता चलिरहेको छ, ३३/३४ वर्षदेखि।

सुपरपावरकाे हाेडमा चीन र भारत छन्।अमेरिकी प्रभुत्व केही कमजोर भएको बेला चीन र भारतकाे दबदबा बढी देखिन्छ । गरिबी न्यूनीकरणमा नमुना याेग्य बनेका यी शक्तिशाली राष्ट्रियका पनि आ–आफ्नै ‘डक्ट्रिन’ छन्। जस्तै: भारत दक्षिण एशिया निल्ने रणनीतिमा छ।विरूभाई पट्टेलकाे नीति अनुसार माेदी अघि बढी रहेका छन् ।भारत वर्षलाई इण्डिया भनेर उनले दक्षिण एशियाली मुलुकहरूलाई समेटेर विशाल भारत अर्थात् “अखण्ड भारत”काे राजनीतिक नक्शा सार्वजनिक गरे। जुन भारतको डक्ट्रि्न थियोे र हाे । छिमेकीदेखि मित्र राष्ट्रहरूकाे नेपालमाथि प्रभुत्व कायम राख्ने तछाडमछाड भइरहेको बेला एकजना सांसदले मनराे डक्ट्रिनकाे विषयमा प्वाक्क बाेलेका थिए।जतिबेला उनी बाेले कसैले चासाे दिएन। यस्तो अभव्यक्ति दिने सांसद थिए, डाक्टर स्वर्णिम वाग्ले कांग्रेस स्कुलिङबाट शिक्षा दीक्षा लिएका उनी पश्चिमा एजेन्टकाे रूपमा आराेपित छन् । उनका आलाेचकहरूले उनलाई पश्चिमा एजेन्ट आराेप लगाउँछन् । यद्यपि यसकाे कुनै तथ्य र प्रमाण भेटिन्न। उनै सांसदले बाेलेकाे विषयमा एमालेका सांसद रघुजी पन्तले संसदमा उठाए। सत्ताकाे फ्रेम बदलिएपछि उनलेे उठाए। रूपमा उनलेे उठाएको मुद्दा गम्भीर थियोे ।तर, उनी र उनको दल पनि चाेखाे छैन,कतै देखिन्न मुलुककाे अस्तित्व र अस्मिताकाे विषयमा ।
चिनियाँ नीति झन् खतरनाक देखिन्छ ।उसले अघि सारेको ‘फाइव फिंगर’ नीतिले तिब्बतलाई हत्केला र लद्दाख, नेपाल, सिक्किम, भुटान र अरुणाञ्चललाई पाँचऔंलाकाे नाममा कथित परिभाषा गरेको छ।उता, भारतले ‘अखण्ड भारत नीतिअन्तर्गत पाकिस्तान, बंगलादेश, नेपाल, भुटान, श्रीलंका र म्यानमार, तिब्बत, अफगानिस्तानलाई समेट्दै यी स्वतन्त्र मुलुकहरूको स्वतन्त्र अस्तित्वमाथि धावा बाेलिसक्याे। नेपालका प्रधानमन्त्री मन्त्री र सांसदहरूलाई भ्रमणकाे नाममा बाेलाएर अखण्ड भारतकाे नक्शा हेराउँछ।अनि नेताले ताली बजार भारतलाई धन्यवाद दिन्छन्।

हुन त संयुक्त राष्ट्रिय संघ १९३ सदस्य राष्ट्र छन् ।तर ,त्यहाँ अमेरिका,रूस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य हुन्। उनीहरूकाे आ–आफ्ना प्रभाव क्षेत्र छन् । जब दोस्रो विश्वयुद्धकाे अन्त्य भयो तब दुई प्रतिस्पर्धी महाशक्तिहरू उदाए। अमेरिका र सोभियत संघबीच प्रभुत्व र प्रतिरोधको अन्तर्राष्ट्रिय भूरणनीति विश्वव्यापी प्रयोग गरियाे।त्यो महाशक्तिबीचको आतंकले विश्व थियोे र अहिले पनि छ।दोस्रो विश्वयुद्धभन्दा अघि जापान र जर्मनीकाे महाशक्तिकाे अहंकार थियोे । युद्धमा सर्वनाक हार बेहाेरेपछि यीनी अमेरिकी धुरीमुनि पुगे।
उता राजनीतिक रूपमा सन् १९९१ मा सोभियत संघको विघटन भयाे।तैपनि उसको आणविक शक्ति यथावत् छ । आपसी सैन्य तनावको बावजुद, चीन अमेरिकी सामान र सेवाहरूका लागि सबैभन्दा ठूलो निर्यात बजार हो । अमेरिका चीनका लागि सबैभन्दा ठूलो निर्यात गन्तव्य हाे।भारतले रुससँग अटुट रणनीतिक सम्बन्ध राखेकाे छ। अमेरिकासहित पश्चिमाकाे रूस विरूद्ध नाकाबन्दी भए पनि भारतले खुरुखुरु तेल खरिद गर्दै आयाे ।यसरी शक्ति राष्ट्रियहरूले जे जसरी प्रभुत्वका प्रतिस्पर्धा गर्दैछन् ,त्यो नेपाल जस्ता मुलुकका ज्यादै हानिकारक छ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १० : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित