२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

नेपाल टेलिकमको वार्षिक घाटा साढे चार अर्ब,वार्षिक आम्दानी पौने ३९ अर्ब मात्रै


३२ श्रावण २०८२, शनिबार  


नेपाल टेलिकम लिमिटेडको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको छ ।

कम्पनीको आम्दानी सामान्य घटेको भए पनि चालु करमा भएको वृद्धिका कारण नाफामा ठूलो धक्का लागेको हो ।


कम्पनीको कुल आम्दानी ४२ अर्ब ११ करोडबाट घटेर ३८ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ।

गएको आर्थिक वर्षमा कम्पनीले ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो, जुन यस वर्ष घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ ।

नाफा घट्नुको कारण चालु करमा भएको वृद्धिलाई मुख्य मानिएको छ । अघिल्लो वर्ष ११ करोड मात्र रहेको कर खर्च बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ३४ रुपैयाँ ६४ पैसाबाट घटेर १४ रुपैयाँ ८२ पैसामा झरेको छ ।

सञ्चालन आम्दानी पनि सामान्य घटेर ३४ अर्ब ५३ करोड रुपैयाँमा पुगेको छ ।

जगेडा कोषमा कम्पनीको ७१ अर्ब १५ करोड रुपैयाँ सञ्चित रहेको छ, भने प्रतिशेयर नेटवर्थ ४९५ रुपैयाँ ३३ पैसा पुगेको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८२, शनिबार  ९ : ५५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित