३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

सूर्यज्योति लाइफले दियो १ हजार ८३९ वटा बीमालेखमा ६२ करोड बढी दावी भुक्तानी


४ बैशाख २०८२, बिहिबार  


सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ९ महिनामै ६२ करोड बढी दाबी भुक्तानी दिएको छ ।

कम्पनीले उपलब्ध गराएको चालू आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको दावी भुक्तानी विवरणले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा कम्पनीले ६२ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । कुल १ हजार ८३९ वटा बीमालेखमा भुक्तानी दिएको कम्पनीले जनाएको छ ।

पछिल्लो तीन महिनामा मात्रै कम्पनीले १९ करोड १५ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ। कम्पनीका अनुसार गत चैतमा मात्रै ७ करोड २५ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । सो महिनामा कम्पनीले २८१ वटा बीमालेखमा भुक्तानी दिएको छ ।

यस्तै, गत फागुनमा ६ करोड ६७ लाख रुपैयाँ बराबरको १९८ वटा भुक्तानी दिएको छ । गत माघमा पनि ५ करोड २३ लाख रुपैयाँ बराबरको १४७ वटा भुक्तानी दिएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ५ : ५८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित