माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धनेन्द्र कार्की विपन्न र असाहयका लागि सारथि बन्ने गरेका छन् ।
दुःखमा परेकाहरूको पीडामा उनी मलहम लगाउन सधैं पुग्ने गर्दछन् । वडाबासीको सधैं दुस्खमा साथ दिदै आएका उनी जनताको हर आपत विपतमा सधै भेटिन्छन् ।
विद्यालय ड्रेसदेखि पुस्तक अभावमा विद्यालय जान नपाएका विद्यार्थी होउन् या सुत्केरीको मृत्यु भएपछि शिशुको स्याहारसुसारमा समेत सघाउन उनी टुप्लुक्कै पुग्छन् । आफ्नो गच्छे अनुसार सबैलाई सघाउँछन्। उनको यस्ता मानवीय सेवा दैनिक कर्म जस्तै बन्ने गरेको छ।

पछिल्लो समय फेरि उनले आर्थिक अभावले छानो समेत हाल्न नसकेको एक विपन्न परिवारलाई सघाएका छन् । उनले स्थानीय सरकारबाट आफुले पाएको सेवासुविधाबाट यस वडाको लामाचौर टोलका शोभबहादुर भण्डारी परिवारलाई सघाएका हुन्।

वडाध्यक्ष कार्कीले अतिविपन्न परिवारका शोभ वहादुर भण्डारीको परिवारलाई ३१ हजार रूपैयाँ बराबरको जस्तापाता सहयोग गरेका हुन्। वडाध्यक्ष कार्कीको यो सहयोगले घरको छानो हाल्न सकेकोमा भण्डारी परिवार निकै खुशी देखिन्छ ।

वडाध्यक्षको सहयोगले आफूहरूले छानो हाल्न पाएको भन्दै वडाध्यक्ष कार्की जनताको दुःख बुझ्ने जनप्रतिनिधि भएको शोभबहादुर भण्डारीले बताएका छन् ।








