११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सम्पादक समूह नेपाल गठन,असाेजमा अधिवेशन


१ भाद्र २०८१, शनिबार  


पत्रकारिता क्षेत्रमा लामाे समयदेखि क्रियाशील पत्रकारहरूकाे एक भेलाले सम्पादक समूह, नेपाल गठन गरेको छ।ललितपुरमा शनिबार सम्पन्न भेलाले पत्रकार डि आर न्याैपानेकाे संयाेजकत्वमा तदर्थ समित गठन गरेको हाे।भेलाले सम्पादक समूह नेपालकाे पहिलो अधिवेशन आगामी असाेज पहिलो सातामा गर्ने निर्णय पनि गरेको छ। स्वतन्त्र पत्रकारहरू सम्बद्घ समूहमा संयाेजक डी आर न्याैपाने सहित केशब शर्मा,सुदर्शन आचार्य,शंकर माेक्तान,प्रमिला खतिवडा,संगीता थापा र ममता थापा सदस्य रहेको सात सदस्यीय तदर्थ समिति गठन गरेको हाे। भेलाले केशब शर्माकाे संयाेजकत्वमा विधान निर्माण उपसमिति गठन गरेको छ, यश उपसमितिमा शंकर माेक्तान र ममता थापा सदस्य रहका छन् । त्यस्तै सुदर्शन आचार्यकाे संयाेजकत्वमा अधिवेशन तयारी उपसमिति गठन गरिएको छ,यसमा प्रमिला खतिवडा र संगीता थापा सदस्य रहेका छन् ।अधिवेशन तयारी उपसमितिका संयाेजक सुदर्शन आचार्यले राष्ट्रिय विकास र राष्ट्रिय सुरक्षा तथा सामरिक मुद्दामा अध्ययन ,अनुसन्धान र बहस गर्ने उदेश्यले स्वतन्त्र पत्रकारहरूकाे समूह गठन गरिएको बताए । यश समूहमा लामो समयदेखि पत्रकारिताकाे सबै विधामा काम गरेका अनुभव प्राप्त पत्रकारहरू संलग्न छन् ।राष्ट्र,राष्ट्रियता र जनजिविकका विषयमा समूहले मिडिया बहस गर्ने भएको छ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  २ : ४९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित