१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

कृषि विकास बैंक लिमिटेडले पाैष २९ मा बाेलायाे, साधारणसभा !


८ पुस २०८१, सोमबार  


कृषि वकास बैंक लिमिटेडले साधारणसभा बाेलाएकाे छ। बैंकले यही पाैष २९ गते साेमबारका दिन साधारणसभा बाेलाएकाे हाे।

बैंकले गएकाे आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे। बैंककाे यही पुस २९ गते, सोमबारका दिन आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा १८ औँ वार्षिक साधारण सभा हुने भएको छ।
यस सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १० : २८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित