१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नबिल बैंकको ६ महिनामा नाफा तीन अर्ब बढी !


७ माघ २०८१, सोमबार  



नबिल बैंकले यस चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ अर्ब २४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो भनेको गएको आर्थिक वर्षको यही अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गएको आर्थिक वर्षको यही अवधिमा यस बैकले नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो ।

यो अवधिमा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस नबिल बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ७४ पैसाबाट बढेर २४ रुपैयाँ ५ पैसा छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : ०४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित