पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी अनुदान स्थगित गरेपछि विश्वभर तरंग फैलिएको छ। त्यसको बाछिटाले नेपाल जस्ता विदेशी अनुदानमा परनिर्भर देशमाथि ठूलो प्रभाव छोडेको छ।
संघीयताको नाममा २० मिलियन डलर फ्रड र भ्रष्टाचार भएको ट्रम्पले टिप्पणी गरेपछि नेपालमाथि झन ठूलो झटका लागेको हो।ट्रम्पले सार्वजनिक गरेका तथ्यहरूले नेपालको स्वाभिमान र स्वाधीनतामाथि गम्भीर ठेस लागेको छ।
जसले देशभक्त नेपालीको हृदय छियाछिया भएको छ।जनजनमा आक्रोश भएपनि सरकार मौन छ। धर्म सस्कृति मास्नका लागि उपल्लो तहमा रहेकाहरू अघि सरेको देखिन्छ भने, कथित लेखक,पत्रकार ,कलाकार र सामाजिक अभियान्ताहरूको असलियत ह्वाङगै भएको छ।
केही दिन अघि भारतको उडिसाका एक विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युु प्रकरणमा पनि विश्वविद्यालय शिक्षकहरूले हेयको भावमा अपमान गरेका थिए। नेपालमाथि तुच्छ टिप्पणी गरेका थिए।
एक सार्वभौम मुलुकमाथि अमेरिकादेखि भारतमा भइरहेको खिस्सीट्यूरीले सरकार बाहेक सबैलाई स्तब्ध बनाएको बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् ।
विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन्
सामाजिक सञ्जालमा उनले लेखेका छन् – ुप्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले भ्रष्ट भनिसक्यो , इन्डियाले भिखारी भनिसक्यो , चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस्।








