१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

ड्रोन दर्ता शुल्क सात हजार तोकियो,शुल्क वृद्धिप्रति ड्रोन संघको आपत्ति


१ बैशाख २०८२, सोमबार  


ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा नेपाल मानव रहित विमान (ड्रोन)सङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार सङ्घका महासचिव प्रविन भट्टराई र अन्य सदस्यहरूको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पहिला भ्याट सहित एक हजार पन्ध्र रुपैयाँ शुल्क राखिएको थियो । अहिले एकै पटक सात हजार रुपैयाँ शुल्क तोकिएको छ ।

ड्रोन दर्ता शुल्कमा वृद्धि गरिएकोमा सङ्घले गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्तो महत्त्वपूर्ण नीति गत निर्णय लिँदा सरोकारवाला निकायहरूलाई कुनै जानकारी नै नगराई, परामर्श नगरी मूल्य वृद्धि गर्नु खेदजनक भएको उसको भनाइ छ ।

आइतबार सङ्घले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, शुल्क वृद्धिको कारण, प्रक्रिया तथा उद्देश्यबारे स्पष्ट जानकारी पाउन चाहन्छौँ । यो विषयमा प्रत्यक्ष छलफल गर्नका लागि मन्त्रालयसँगको बैठकको माग गर्दछौँ भनिएको छ।

ड्रोन प्रविधिले पर्यटन प्रवर्द्धन, संस्कृति अभिलेखीकरण, विपद् व्यवस्थापन, अनुसन्धान र अन्य थुप्रै विकासमुखी कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेलेको महासचिव प्रविन भट्टराईले बताए ।

बिना मानवयुक्त विमान सङ्घ नेपाल ९अन्म्यान्ड् एयरक्राफ्ट एशोसियसन नेपाल० ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, भारी शुल्क वृद्धिले यस क्षेत्रमा कार्यरत नेपाली स्टार्टअप, अनुसन्धानकर्ता, सृजनशील युवा र व्यवसायीहरूलाई निरुत्साहित पारेको छ ।

साथै सङ्घले सहकार्य गर्न आफू तयार रहेको बताउँदै सकारात्मक समाधानका आग्रह गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १ : ४९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित