१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

नेपालीले एक वर्षमा खरिद गरे ५० अर्बको स्मार्टफोन, ५ वर्षमा मोबाइलमा सवा २ खर्ब खर्च


८ श्रावण २०८२, बुधबार  


मोबाइल प्रविधिको विकाससंगै नेपालीको उपभोग्य दर पनि बढ्दो छ। पछिल्लो ५ वर्षमा मोबाइल फोन खरिदमा नेपालील २ खर्ब रुपैयाँ खर्च गरेको तथ्यांक छ। पछिल्लो ५ वर्षको यश अवधिमा नेपालमा १ करोड ८२ लाख १० हजार मोबाइल थान भित्रिएको छ ।

ती मोबाइलको भन्सार मूल्य १ खर्ब ६३ अर्ब ५८ करोड रुपैयाँको छ । यो मोबाइलको बजारमा किनेबेच हुँदाको मूल्य भने २ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढी पुग्छ ।

भन्सार विभागको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०८१÷८२ मा नेपाल भित्रिएका मोबाइल फोनको संख्या २१ लाख ८४ हजार वटा छन् । यी मोबाइलको भन्सार मूल्य ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ भएको देखिएको छ ।

नेपाल भित्रिएका मोबाइलमा १३ प्रतिशतका दरले मूल्य अभिबृद्धि कर (भ्याट), ५ प्रतिशतका दरले अन्तशुल्क र त्यसमा थप १३ प्रतिशत भ्याटसमेत लाग्ने गरेका कारण १८.६५ प्रतिशत सरकारलाई राजस्ववापत नै तिर्नुपर्छ । आयातकर्ताले र बिक्रेताले राख्ने ५र५ प्रतिशतको मार्जिन, होलसेलहुँदै रिटेलसम्म पुग्दा जोडिने थप मार्जिनका कारण मोबाइल फोन भित्रदाको भन्दा ग्राहकले खरिद गर्दासम्म थप ४० प्रतिशत लागत थपिने गरेको मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले बताए । उनका अनुसार अहिलेको भन्सारशुल्क सहितको हिसावले ३५ अर्ब रुपैयाँको मोबाइल आउँदा बजारमा यसबाट हुने कारोबार ५० अर्ब रुपैयाँको पुग्छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपाललीले पछिल्लो ५ वर्षमा १ करोड ८२ लाख थान मोबाइल खपत गरेका छन् । यस्तो मोबाइल फोनको खपत पछिल्लो १० वर्षमा ४ करोड ४० लाख थान छ ।

पछिल्लो १० वर्षमा करिब साढे ४ करोड थान मोबाइल भित्रदा २ खर्ब ६६ अर्ब रुपैयाँ भन्सार मूल्य देखिएको छ । १० वर्षमा मोबाइल भित्रदा सरकारले गरेको आम्दानी ४३ अर्ब ४७ करोड रुपैयाँ भएको पनि तथ्यांकले देखाएको छ ।

पछिल्लो समय नेपालमा आएको मोबाइल फोन सबै नेपालीले नै खपत गरेको मोबाइल व्यवसायीको भनाइ छ । नेपालमा कर्पोरेट हाउसमा काम गर्नेसहितको मध्यम वर्गले औसतमा १ देखि २ वर्षमै मोबाइल परिवर्तन गर्ने गरेका छन् ।

आम सर्वसाधारणले भने औसतमा ३र४ वर्षमा परिवर्तन गरेको छन् । जसका कारण पछिल्लो समय अघिल्लो चलाइरहेको भन्दा थप रेन्जका नयाँ भर्सनमा ग्राहक जाने ट्रेण्डका कारण महंगा स्मार्टफोनको प्रयोग बढ्दै गएको हो ।

एकपटक प्रयोग गरेको भन्दा माथिल्लो रेन्जको मोबाइल प्रयोग गर्ने आम नेपालीको रुची हुने देखिएको छ । जसका कारण विगतमा भन्दा अहिले मोबाइलको आयातको संख्या कम हुँदा पनि भन्सार मूल्य भने उल्लेख बढेको देखिएको छ । महंगा स्मार्ट फोनलाई मासिक किस्ता ९इएमआई०को सुविधा दिइएको र त्यसबाट नयाँ फोन खरिदकर्ता बढेको पनि मोबाइल आयातकर्ता संघका अध्यक्ष मल्होत्राले बताए ।

नेपालमा विस्तारै सस्तो खालको बार फोन चलाउने नेपाली घट्दै गएका छन् । नेपाल टेलिकमका अनुसार टुजी नेटकर्वमा रहेका यस्ता मोबाइल प्रयोगकर्ता अझै ३० लाख छन् । यी प्रयोगकर्ताले जति कम हुँदै जान्छन नेपालमा स्मार्टफोनको प्रयोगकर्ता पनि उति नै बढ्दै गइरहेका छन् ।

पछिल्लो समय मोबाइल डेटाले पनि स्मार्टफोन प्रयोगकर्ता बढेको देखाइहको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गएकाे जेठसम्ममा २ करोड ६३ लाख मोबाइल डेटा प्रयोगकर्तामध्ये ८ लाख ६९ हजार मात्रै थ्रीजीका प्रयोगकर्ता छन् । २ करोड ५४ लाख मोबाइल डेटा प्रयोगकर्ता फोरजीमा छन् । नेपालमा फोरजी प्रयोगकर्ताको हिसावले पनि स्मार्ट फोन प्रयोगकर्ताको बृद्धि दर देखाइरहेको छ ।

नयाँ भर्सनको स्मार्टफोन लन्ज गर्दा ग्राहकले सोही दिन खरिद गर्ने गरेका छन् । जसका कारण बजारमा आएको नयाँ फोन छिटो खपत हुने गरेको छ । नेपाली बजारमा आएका नयाँ भर्सनका महंगा मोबाइल लन्ज गरेकै दिने सकिने गरेको पनि मोबाइल व्यवसायीको भनाइ छ

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ६ : ३९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित