२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

आचार्य कृष्ण दमाईमार्फत ‘पुराण’ लगाउने हेम थापाको घोषणा


२९ श्रावण २०८१, मंगलबार  


सामाजिक अभियन्ता तथा समाजसेवी हेम थापाले आचार्य कृष्ण दमाईको उपस्थितिमा पुराण लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नेपाल फर्केको समय बुवा, आमा र भाउजूको नाममा पुराण लगाउने बताएका हुन्। थापाले फेसबुक स्टाटसमा लेखका छन्, ‘नेपाल गएको बेला बुबा, आमा र भाउजूको नाममा पुराण लाउने सुरमा छु । त्यो पुराणको ब्यासमा मिलेसम्म महाराज कृष्ण दमाईलाई राख्ने छु ।’

तेह्रथुम मेन्छेम्मा गाउँपालिका छिकिदिम घर भएका हेम थापा लामो समयदे देखि अमेरिकामा बस्दै आएका छन् । तर, उनले हेम थापाले हेम एन्ड माया फाउन्डेसन नामको संस्था स्थापना गरेर नेपालमा समाजिक सेवा गर्दै आएका छन् । उनले आफ्नो संस्था मार्फत लाखौँ अपाङ्ग, रोगी, वृद्ध वृद्धा, बेसहारा लगायतलाई आर्थिक तथा भौतिक सहयोग गरिसकेका छन् ।

थापाले फेसबुक लाइभमा आएर कृष्ण दमाईले पशुपतिमा गरेको प्रवचनले आफूलाई हर्ष विभोर बनाएको चर्चा गरेका छन्।। उनले आफू पुरतनवादी जातपातको विरुद्धमा रहेको भन्दै त्यसलाई त्यसलाई चिर्न आचार्य कृष्ण दमाईलाई बोलाएर पुराण लगाउने इच्छा रहेको लेखेका छन्। ‘समय उपलब्ध हुन सकेमा पुराणको ड्यालसमा महागुरु कृष्ण दमाईलाई राख्ने छु । उहाँ मार्फत पुराण लगाउने सोचेको छु ।’ थापाले भने, ‘उहाँलाई सम्मान छ । हामी जातभातमा नलागौँ । हाम्रो जात महिला र पुरुष हो । जसले जातभातको कुरा गर्छ त्यो विखण्डनकारी र देशद्रोही हो ।’ उनले विकसित देशमा रङ्गको आधारमा विभेद भएपनि जातको आधारमा विभेद नहुने गरेको बताए ।थापाले नेपाली एउटै फूलबारीका साझा फुल भएकाले मिलेर बस्नुपर्नेमा जोडदिए ।

‘जातपातका आधारमा विभेद सिर्जना गरिदिने विदेशीको षड्यन्त्र हो । यो विभेद रहयो भने नेपाल विखण्डन हुन्छ ।’ थापाले थपे, ‘कानुन कुल्चनेलाई कानुनी निकायले सजाय दिन्छ । कानुन हातमा लिएर अराजक शैलीमा कसैलाई कुटपिटमा उत्रनेहरूको घोर निन्दा गर्दछु ।’उनले राम्रो कुराको सुरुवात र परिवर्तन आफैबाट सुरु गर्नुपर्ने बताएका छन् । थापाले करिब २५ वर्ष अगाडि दलित समुदायको घरमा मासु भात खाएर परिवर्तनको सुरुवात गरेको बताए । उनले सार्वजनिक भोजमा दलित समुदायका व्यक्तिलाई पनि भान्सेका रूपमा सामेल गराउनुपर्नेमा सङ्घर्ष गर्दै आएको उनको दाबी छ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ०० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित